प्रदेशसभा ’क‘ मा विनोद केसीको अग्रता

0

प्रदेशसभा ’क‘ मा नेकपा माओवादी केन्द्र म्याग्दीका विनोद केसीको अग्रता कायमै छ । बाम गठबन्धनका साझा उम्मेदवार केसीले पछिल्लो मतपरिणाम अनुसार १६ सय ३६ मतले अग्रता लिएका छन् । केसीलाई लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका भिमप्रसाद गौचनले १२०९ मतले पच्छाइरहेका छन् । प्रदेश क अन्र्तरगत बेनपा– १ रत्नेचौर र ४ नम्बर वडा सिंगाको मतगणना सम्पन्न भएको छ । हालसम्म प्रदेश ‘क’ मा कुल मत २९१० मत रहेको छ । अहिलेसम्मको मत अनुसार बदर मत ६५ मत रहेको छ । बेनी नगरपालिका वडा नम्बर २, ३, ५, ६, ७,८, ९ र १० को मतगणना संगै रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको मत गणना बाँकी रहेको छ ।