प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा प्रदेशसभा ख को पहिलो नतिजा प्राप्त भएको छ । २०४१ सालमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको मंगला माविको प्रारम्भिक कमिटीको उपाध्यक्षबाट विद्यार्थी राजनीतिमा होमिएकी पुनले अनेमासंघको टोल तयारी समितिको अध्यक्ष, एमालेको यूथ लिगको सदस्य हुदै २०४६ सालमा अनेमासंघको जिल्ला सचिवको जिम्मेबारी सम्हाल्नुभएको थियो ।

विद्यार्थी, महिला संगठन हुदै २०४८ साल देखी ०६२ सालसम्म पार्टीको जिल्ला सहसचिवको जिम्मेबारी समेत सम्हालेकी पुनले द्धन्द्धकालिन अवस्थामा समेत ग्रामिण क्षेत्रमा पुगेर पार्टीका कार्यकर्ताहरुलाई संरक्षण गर्ने गरेकाले पनि पुन पार्टीभित्र लोकप्रिय हुनुहुन्थ्यो । म्याग्दी जिल्लाकै प्रभावशाली महिला नेतृ समेत रहेकी उनले राजनीतिमा धेरै संघर्षको सामना समेत गरेकी छन् । जोखिमपूर्ण समयमा पार्टीले दिएको जिम्मेबारीलाई सहज स्वीकार गर्ने गरेकाले पनि उनको गाउँ, जिल्ला देखी केन्द्रसम्म पार्टीभित्र राम्रो सम्बन्ध रहेको छ ।

नेकपा एमालेको इलाका सदस्य हुदै सचिव, अनेमासंघको ४७ देखी २०६१ सालसम्म जिल्ला अध्यक्ष समेत भएकी पुनले राजनीतिक संगै राजनीतिक शास्त्र सहित दुईवटा विषयमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेकी छन् । २०५६ ससालमा संसदीय निर्वाचनमा पराजित भएकी पुनलाई २०६४ सालमा समेत पार्टीले पहिलो संविधान सभाको निर्वाचनमा उम्मेदवार बनाएको थियो ।

१० बर्षे जनयूद्धबाट शान्ति प्रक्रियामा आएको माओवादीको लहरसंगै दोस्रोपटक समेत निर्वाचनमा पराजित भएपनि पुनको राजनीतिक यात्रा रोकिएको थिए् । राजनीति संगै शिक्षालाई समेत संगै अगाडी बढाउने नेताको रुपमा समेत चिनिनुभएकी पुनले दुईवटा विषयमा स्नातकोत्तर गर्नुभएको छ । २०७० सालमा नेकपा एमालेबाट समानुपातिक सांसद भएकी पुनले एमालेका अध्यक्ष केपी ओलीको सरकारमा पशुपंक्षी राज्यमन्त्री हुनुभएको थियो । जिल्लाको मंगला गाउँपालिका १ कुहुँको भर्जुला स्थायी घर भएकी पुनको विजय संगै बधाईको आउन थालेको छ ।