छोराको चुनावी अभियानका बारेमा दैनिक सुचना लिन्थ्ये खिम बहादुर

प्रदेशसभा ‘क’ को उम्मेदवारी दर्ता गरेपछि खिम बहादुर केसीले दैनिक चुनावी आमसभा, भेटघाटको जानकारी लिने गरेका थिए । घरको आगनमा बसेर प्रदेशसभाको उम्मेदवार बनेको माहिलो छोरा विनोद केसीका हरेक चुनावी अभियानको जानकारी लिने गरेका उनले गत मंसिर १० गते मतदान सम्पन्न भएपछि समेत प्रदेश ‘क’ को सबै मतदान केन्द्रको विवरण छोराबाट लिएका थिए ।

पञ्चायती ब्यवस्था विरुद्ध शिक्षण पेशा छोडेर समेत आन्दोलनमा उत्रिएका खिमबहादुरले जनताको अधिकार स्थापित गर्न जनयूद्धमा होमिएको छोरालाई २०५८ सालमा मराङको घन्टेवाङबाट तत्कालिन शाही नेपाली सेनाले पक्राउ गरेर दरवाङको दुखुमा क्रुरतापूर्वक हत्या गरेपछिको जेठो छोराको अधुरो सपना पुरा गर्न जनमतबाट जनताको सेवाका लागि होमिएको छोरालाई जनमतबाट स्वीकृत हुने पूर्व विश्वास लिएका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतगणना जारी हुदै गर्दा बिजयको नजिक पुगेका केसीलाई गरिव जनताको सेवामा सर्मपित भएर अगाडी बढ्न समेत उनले पटकपटक सचेत बनाउने गरेका थिए । ‘मेरो परिवारले जनयूद्धमा छोरा गुमाएको छ, त्यो मेरो मात्रै होईन् म्याग्देली जनताको छोरा हो’ केसीले भने ।उनले पञ्चायत विरुद्धको आन्दोलनमा आफुँले शिक्षण पेशा समेत छोडेर आन्दोलनको मैदानमा उत्रिएको स्मरण गदैं जनयूद्धका एजेण्डाहरुलाई स्थापित गरी सहिद परिवारको सपना पुराको अभियानमा लागेको छोराले चुनावी मैदानबाट सफल भएर आउने निश्चित भएको बताए ।

उनले परिवर्तनको आन्दोलनमा एउटा छोरालाई गुमाएपनि जनप्रतिनिधिको हैसियतबाट अर्को छोरा चुनावी मैदानबाट सफलतापूर्वक बाहिर आउनु अधुरा सपना पुरा गर्नु भएको बताए ।‘ब्यक्तिगत स्वार्थमा केन्द्रित हुदैनन्, उनीहरूले जटिल परिस्थीतिमा पनि आफ्नो ज्यानलाई समाजप्रति सर्मपित गरेका थिए’ उनले भने । कम्मरमुनीको भाग नचल्ने अवस्थामा पनि द्धन्द्धपीडित परिवार, जनयूद्धका बारेमा आयोजित कार्यक्रममा हिब्लचियरमा आवतजावत गर्ने गरेका केसीले धेरै कार्यक्रममा समेत पुग्ने गरेका केसीले छोराबुहारी, शुभचिन्तक पछाडी र आफुँ हिब्वचियरमा अगाडी बेनीबजारमा विजय उत्सवमा जाने बताए ।