म्याग्दीको प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रका विनोद केसी विजय भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनबाट उम्मेदवारी दिएका केसीको विजय सुनिश्चित भएको छ । केसीले लोकतानित्रक गठबन्धनका उम्मेदवार भिमप्रसाद गौचनलाई पराजित गरेका छन् ।

औपचारिक घोषणा नभएपनि बाम गठबन्धनले म्याग्दीमा प्रतिनिधिसभा र प्रदेश क र ख मा विजय सुनिश्चित गरेको छ । माओवादीको जनयूद्धमा ज्यान गुमाएका मदन केसीका भाई हुन् । २०५८ सालमा मराङको घण्टेवाङबाट मदनलाई तत्कालिन शाही नेपाली सेनाले पक्राउ गरेर दरवाङको दुखुमा क्रुरतापूर्वक हत्या गरिएको थियो ।

माओवादीको केन्द्रिय महाधिवेशन आयोजिक समितिका सदस्य समेत रहेका केसी माओवादीको यूवा विभाग हुदै पार्टीको सचिवाल र केन्द्रिय महाधिवेशन आयोजिक समितिसम्म पुगेका केसी विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय छन् । माओबादीको केन्द्रमा समेत राम्रो सम्बन्ध रहेका केसीको विजयसंगै धौलागिरि अञ्चलमा माओवादीले खाता खोलेको छ ।