विनोद केसीले भने,‘मतदानमा सहभागि सबै मतदाताको भवना अनुसार काम गर्छु’ (भिडियो)

0

म्याग्दीको प्रदेशसभा ‘क’ बाट बामगठबन्धबाट विजय विनोद केसीले जनमत अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अन्तिम मतपरिणाम सार्वजनिक भएपछि केसीले विगतमा दलिय प्रतिनिधिको रुपमा काम गरेपछि आगामी दिनमा सबै म्याग्देली जनताको आवश्यकतालाई पुरा गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले यूवाहरुको सीपमुलक विकासमा आफ्नो प्राथमिकता रहेको बताए ।

आफ्नो क्षेत्रमा पर्यटन, जलविद्युत, कृषि लगाएतका उत्पादनमुखी क्षेत्रमा लगानीको प्रचुर सम्भावना भएको बताउँदै प्रदेशसभामा आफ्नो ध्यान सोही क्षेत्रमा केन्द्रित गर्ने बताए । १४ हजार ७०४ मत प्राप्त गरी विजय भएका केसीका प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमप्रसाद गौचनले १२ हजार १ सय ७५ ल्याएका थिए । उनले निर्वाचनमा सहभागि सबैलाई समेटेर अगाडी बढ्ने बताए ।