म्याग्दीको प्रदेशसभा (ख)मा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका उम्मेदवार नरदेवी पुनले पुराना कामलाई पुरा गर्न जनताले दिएको मतको सदुपयोग गर्ने बताइन् । बिजय घोषित भएपछि बेनीअनलाइनसंग कुराकानी गदैं प्रदेशसभा सदस्य पुनले दोस्रो संविधानसभा, राज्यमन्त्री हुदाँ अपुरा योजनाहरुको कार्यान्वयन गर्ने बताईन् लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको बताउँदै निर्वाचनमा सहभागि सबै मतदाताको आवश्यकता र पश्चिम म्याग्दीको भविस्य संग जोडिएका धेरै योजनाहरुलाई पुरा गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाईन् ।

उनले आफुँ राज्यमन्त्री हुदाँ केही महत्वपुर्ण योजनाहरु कार्यान्वयन नहुदै सरकारबाट बाहिरनुपरेको बताउँदै त्यसलाई पुरा गर्ने त्यसलाई प्राथमकितामा राख्ने प्रष्ट पारिन् । पुनले १० हजार ८६८ मत ल्याएर विजयी भएकी थिईन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका क्या. अमलाल फगामीले ७ हजार ९९० मत ल्याएका थिए ।