भुपेन्द्र थापा भन्छन्,‘घरदैलोमा पुगेर गरेका प्रतिबद्धतालाई पुरा गर्नेछु’ (भिडियो)

0
416

म्याग्दीमा प्रतिनिधिसभा सदस्यमा विजय भुपेन्द्र बहादुर थापाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले संविधानको कार्यान्वयन संगै जनताको घरदैलोमा पुगेर गरेका प्रतिबद्धताको कार्यान्वयन गर्ने बताएका छन् । निर्वाचित भएपछि बेनीअनलाइनसंग कुराकानी गदैं जनप्रतिनिधि थापाले आफुँले जनतालाई ठुला आश्वासन नदिएको बताउँदै आफ्नो कार्यकालसम्म प्राथमिकतामा परेका योजनाहरुको कार्यान्वयमा प्रतिबद्ध रहेको बताए ।

‘घरदैलोमा पुगेर दिएका प्रतिबद्धतालाई पुरा गर्नेछु, जिल्लाको विकासमा मेरो पहिलो प्राथमिकता हुन्छ’ थापाले भने । थापाले लोकतान्त्रिक गठबन्धनका खम्बीर गर्बुजालाई पराजित गरेका थिए । थापाले २३ हजार ३०८ मत ल्याएका थिए भने गर्बुजाले २० हजार ९८० मत ल्याए ।नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य समेत रहेका थापाले गर्बुजालाई २३ सय २८ मत अन्तरले पराजित गरे। उनले निर्वाचन एउटा प्रक्रिया भएकाले सहभागि सबै दलहरुसंग सहकार्य गर्ने प्रतिबद्धता समेत जाएका छन् ।