म्याग्दीको सदरमुकाम बेनीबजारमा शनिबार प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएका बाम उम्मेदवारलाई बधाई दिन गाउँगाउँबाट बाम गठबन्धनका सर्मथकहरूको ब्यापक उपस्थिति भएको छ । नेकपा एमाले र माओवादी केन्द्रका विजय उम्मेदवार सहित पार्टीका कार्यकर्ता, शुभचिन्तकले पञ्चेबाजा सहित बजार परिक्रममा गरेका थिए । शुक्रबार सार्वजनिकभएको मतगणनामा प्रतिनिधिसभा सहित प्रदेशसभाका तीनवटै सिटमा बिजय हात पारेको बाम गठबन्धनले विरेन्द्रचोकबाट विजय उत्सव मंगलाघाट, हुलाकचोक, क्याम्पसचोक हुदै बेनीबजारक विभिन्न चोकमा मतदाताबाट बधाई दिएका थिए ।

गाउँगाउँबाट उर्लिएको जनसागर खुल्लामञ्चमा पुगेर आमसभामा परिणत भएको थियो । आमसभामा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेल, नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डा. मिन बहादुर श्रेष्ठ लगाएतले म्याग्दीको जिल्लाको समृद्धीका लागि काम गर्ने विजय उम्मेदवारलाई अनुरोध गरेका थिए ।

उनीहरुले बाम ताममेल नभई पार्टी एकताको आवश्यकतालाई समेत जोड दिएका थिए । आमसभामा प्रदेश क का विजय उम्मेदवार विनोद केसीले जिल्लाको विकासमा निरन्तर सक्रियता देखाउने प्रतिबद्धता जनाए । उनले मतदाताको मत अनुसार काम गर्ने बताउँदै लोकतन्त्र र नयाँ संविधान कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए । त्यस्तै प्रदेश ख नरदेवी पुनले आफ्नो विजयलाई जनताको आवश्यकता पुरा गर्ने माध्यमको रुपमा लिएको बताईन् ।

त्यस्तै प्रतिनिधिसभाका सदस्य भुपेन्द्र थापाले जिल्लाको आवश्यकतालाई केन्द्रित गरेर काम गर्ने बताउँदै मतदातालाई धन्यवाद दिए । उनले मुलुकको विकास र समृद्धीको नेतृत्व बाम गठबन्धनलाई दिएको बताउँदै जिल्लामा समेत जनमत अनुसार काम गर्ने बताएका थिए । बेनी नगरपालिका सहित जिल्लाका सबै ५ गाउँपालिकाबाट आएका सर्मथकले बेनीबजार ढाकिएको थियो । सडकमा देखिएका मतदातालाई घरको छटबाट फुलमाला बर्सिएका थिए ।