यस्तो छ म्याग्दीमा समानुपातिक तर्फको मतपरिणाम

0
201

म्याग्दी जिल्लाको समानुपातिकतर्फको मत परिणाम पनि सार्वजनिक भएको छ । शनिबार साँझ सकिएको मतगणना अनुसार प्रतिनिधिसभामा नेकपा एमालेलाई १८ हजार २६६ मत आएको छ भने नेपाली कांग्रेसलाई १७ हजार २४८ र नेकपा माओवादी केन्द्रले ४३ सय ३ मत प्राप्त गरेको छ ।

त्यस्तै चैथोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ सय ५१ मत ल्याएको सहायक निर्वाचन अधिकृत राजु ढुंगानाले बेनीअनलाइनलाई जानकारी दिए । मतगणना अनुसार विवेकशिल साझा पार्टीले ५ सय २७ मत प्राप्त गरेको छ । साना र जिल्लामा उम्मेदवार नभएका मधेशबादी दलहरुले समेत झिनो मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेशसभा तर्फ नेकपा एमालेले १६ हजार ७०४ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १५ हजार ७३९ मत ल्याएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले ४ हजार ८३३ मत प्राप्त गरेको छ । माओवादीले प्रतिनिधिसभा भन्दा प्रदेशसभामा मत बढाएको छ । त्यस्तै राप्रपाले समेत १८ जार ७४ मत ल्याएरको छ । राप्रपाले प्रदेशसभामा प्राप्त गरेको मत प्रतिनिधिसभाको भन्दा धेरै हो ।

मतगणनाको पुर्व विवरण प्राप्त भएको छैन् । म्याग्दीमा बाम र लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारको कारण समानुपातिकतर्फ बदर भएको मत धेरै रहेको बताइएको छ । आइतबार समानुपातिक तर्फको सबै विवरण सार्वजनिक गरिने छ । म्याग्दीमा प्रत्यक्ष तर्फका प्रतिनिधिसभा र प्रदेशसभाका दुवै क्षेमा बाम गठबन्धनले जीत हात पारेको थियो ।