बेनी नगरपालिका–५ बगुवाखोलाकी विन्दु रसाईलीले केही महिना अगाडीसम्म घरायसी काममा मात्रै सिमित हुने गरेकी थिईन् ।विहान देखी बेलकीसम्म घरायसी, खेतीपातीको काम ब्यस्त हुने गरेकी रसाईलीले अहिले घरायसी कामसंगै शैक्षिक गतिविधिमा पनि सहभागिता जनाउने गरेकी छन् ।गाउँमा रहेको बाल जागृति आधारभुत विद्यालयमा सञ्चालित अभिभावक शिक्षामा सिकेको सीपलाई कक्षा १ र ३ मा अध्ययरत दुई छोरीलाई दैनिकसो घरमै सिकाउने गरेकी छन् ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा जिल्ला शिक्षा कार्यालय म्याग्दीसँगको समन्वयमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनद्वारा म्याग्दी जिल्लामा सञ्चालित प्रारम्भिक सिकाई तथा पढाई परियोजना अन्र्तरगत अभिभावकले छोराछोरीको शैक्षिक गतिविधिमा सघाउने विभिन्न गतिविधिलाई आधार बनाई सञ्चालन गरिएको कक्षा ग्रामिण क्षेत्रमा प्रभावकारी बनेको छ। गर्भमा रहेको बच्चा देखी ८ बर्षसम्म बालबालिकालाई शिक्षा, स्वास्थ्य लगाएत अन्य दैनिकीमा अभिभावकले खेल्नुपर्ने भूमिकालाई लक्षित गरी सञ्चालन गरिने कक्षाले प्राथमिक तहसम्मका बालबालिकालाई अभिभावकले समेत शिक्षकको भूमिका निर्वाह गर्न सकिने रिमा कार्कीले बताईन् ।‘

कक्षामा गर्भमा रहेको बच्चालाई आवश्यक पर्ने पौष्टिक तत्व देखी पढाईमा सघाउन अभिभावकलाई आवश्यक पर्ने सबै जानकारी सिकाउने गरिन्छ । अभिभावकले पढाईसंगै हस्तकला, चित्र लगाएतका साम्रागीहरू समेत बनाउने गरेको विद्यालयकी शिक्षक सविता बरुवालले बताईन्।’हरेक दिन अभिभावकको फुर्सदमा कक्षा सञ्चालन गदैं आएकी बरुवालले अक्षर चिन्ने देखी छोराछोरीको शैक्षिक गतिविधिमा सहयोगी बन्ने बारेमा धेरैको चासो रहेको उनको भनाई छ । उत्कृष्ट अभिभावकलाई पुरस्कृत गर्ने गरिएकाले पनि अभिभावक बीचमै सिकाई सम्बन्धि प्रतिस्पर्धा हुने गरेको बताईन् ।आफ्ना छोराछोरीलाई खेल्दै सिक्ने साम्रागी समेत अभिभावकले बनाउन थालेपछि विद्यालयका शिक्षक समेत उत्साहित भएका छन् ।
एकदशक देखी म्याग्दीको शैक्षिक क्षेत्रमा सक्रिय रहेको बागलुङको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनले बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका २५ वटा विद्यालयमा ४० समुहमा अभिभावक शिक्षा सञ्चालन भइरहेको छ । एउटा विद्यालयमा १ देखी ४ वटा सम्म समुह हुन्छ ।

परियोजनाबाट ७५० जनाा अभिभावक लाभान्वित भएको परियोजनाका म्याग्दी संयोजक लाल बहादुर पुर्जाले बताए। अभिभावक शिक्षामा जिल्लाभर करिव ५ लाख बजेट रहेको पुर्जाले बताए । दुईबर्ष अगाडी देखी सञ्चालित परियोजनाले विशेष गरी बालविकास केन्द्र देखि ३ कक्षा सम्मका विद्यार्थीको गुणस्तरीय सिकाई वातावरण निर्माण गर्ने गरेको छ । जिल्लाको दुर्गम क्षेत्रमा अवस्थित सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखिएको परियोजना अन्र्तरगत पढाई संगै विद्यालयको भवन मर्मत, कक्षा कोठा ब्यवस्थापनमा समेत सघाउने गरेको छ ।