म्याग्दीमा व्यवसायीक बन्दै धातुका सामान बनाउने पेशा

0
230

केही बर्ष अघिसम्म सामान्य आम्दानी हुने गरेको धातुका समान बनाउने पेशा हिजो आज भने ब्यवसायीक बन्दै गइरहेको छ।ग्रामिण क्षेत्रका साथै सहरबजारमा समेत यसको प्रयोग बढ्दै जान थालेपछि धातुका समान बनाउने पेशामा लागेका उत्साहित भएका छन् ।

परम्परागत र आधुनिक प्रविधिको समायोजन गरेर घातुका सामान बनाउने उद्योग सञ्चालहरुको व्यस्ततासँगै आम्दानी पनि बढ्न थालेको छ । म्याग्दीमा परम्परागत पेशालाई परिमार्जन गरेर व्यवसायीक बनेका सोही पेशाबाट दैनिक आम्दानी हुन थालेको हो । अहिले फिल्टर, तामा, फलाम र स्टीलका सामानबाट भाँडाकुडा र सजावटका सामानको बढि माग हुने गरेको यस पेशामा लागेकाहरूले बताएका छन ।

पहिला त पुख्खौली पेशाको संरक्षण मात्र गरेको जस्तो लाग्ने गरेको बताउँने उनीहरू अहिले भने तामाको भाडाँको प्रयोग गरे आयु बढ्ने भन्दै आउन थालेपछि खुसी लागेको बेनी नगरपालिका २ हाँडेभीरका ब्यापारी कुलप्रसादले बताए ।

यो पेशामा लागेर कुलप्रसादले मासिक २ लाख रुपैंयाँ भन्दा वढि आम्दानी गरेको बताए । एक किलो घातुका सामान निर्माण गरेवापत ५ देखि ७ सय रुपैया लिने गरेका छन । बेनीबजार,दरबाङ,तातोपानी, पर्वत बेनी,रत्नेचौर लगायतका क्षेत्रबाट बढि आउने गरेको ब्यवसायीले बताएका छन । विषेशगरि चाडपर्वमा धातुको सामान बनाउन आउने ग्राहकको चाप हुने गरेको पाइन्छ ।

विगत केही बर्ष अघिसम्म ग्रामिण क्षेत्रमा परम्परागत रुपमा घातुका काम गरेवापत अन्नबाली पारिश्रमिक लिनेहरुको संख्या भने उल्लेख्य रहेको भएपनि समाज विस्तारै परिर्वतन हुदै जान थालेकाले सहज भएको उनीहरूको भनाई छ ।बेनीबजारका साथै जिल्लाका विभिन्न गाउँमा यस्तो पेशाबाट जिविकोपार्जन गर्ने धेरै दलितहरूले अहिले आम्दानी गर्ने गरेका छन । जिल्लामा विभिन्न संस्था भएपनि धातु बनाउने पेशामा लागेकालाई थप प्रोत्साहन दिने खालका कार्यक्रम ल्याउन नसकेकोमा उनिहरुले दुखेसो गरेका छन ।

म्याग्दीको कुल जनसंख्याको २२ प्रतिशत जनसंख्या दलितले रहेकोमा अधिकांस पुख्यौली पेशामै आश्रित रहेका छन् । बालिघरे प्रथा र विभिन्न कारणले आर्थिक रुपमा सक्षम हुन नसकेका दलित समुदायको यो पेशालाई आधुनिकरण गर्ने सम्बन्धित संघसंस्थाले थप सघाउनुपर्ने देखिन्छ ।