पश्चिम म्याग्दीको दरवाङमा आँखा शिविर सञ्चालन हुने भएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बेनी नगरपालिका–१ रत्नेचौर स्थायी घरभई हाल मलेसियामा ब्यापार गदैं आइरहेका दिपक बोगटीको आर्थिक सहयोगमा लायन्स क्लव दरवाङ र लियो क्लवको आयोजनामा आगामी पुष ९, १० र ११ गते शिविरको आयोजना हुने शिविरमा हिमालयन आँखा अस्पतालका बरिष्ठ आँखा रोग विशेषज्ञ सहितको टोलीले आँखा जाच सहित मोतियाविन्दुको सफल अप्रेसन गर्ने दरवाङका तिलक ढकालले बताए ।

उनका अनुसार शिविरमा आँखा सहित पाठेघर सम्बन्ध जाँच, पेट,घाँटी, मुटु,छाला, नाक कान र घाँटी लगाएतको चेकजाँच सहित उपचार हुने लायन्स क्लवले जनाएको छ । मलेसियामा ब्यवसाय गर्ने रत्नेचौरका समाजसेवी दिपक बोगटीको आर्थिक सहयोगमा गत पुष ४ गतेदेखी उत्तरी पवर्तको मल्लाज, म्याग्दीको पाखापानी, भगवती, पोखरेबगर र बाबियाचौरमा आँखा उपचार शिवीर आयोजना गरी १ सय २६ जनाको आँखाको अप्रेसनमा आर्थिक सहयोग गरेका थिए । आफ्ना पिता स्वर्गिय पिताको ओमबहादुर बोगटी र लोकेश बोगटीको सम्झनामा आयोजित शिविरमा आँखा परिक्षण, परामर्शको साथै निशूल्क औषधि र चस्मा सहित करिव १५ सय सर्वसाधारण लाभान्वित भएका थिए ।

आर्थिक सहयोगदाता बोगटीले आर्थिक अवस्था कमजोर भएकाले आँखाको समस्या हुदाँ समेत उपचारबाट बन्चित भएको अवस्थामा आफुँले शिविरमा सहयोग गरेको बताए । उनले विगतमा जनचेतनाको अभाव, पारिवारिक हेरचाहको कमी तथा आर्थिक अवस्थाका कारण मोतियाविन्दुका विरामीले समेत उपचार पाउन नसकेको अवस्थामा समाजसेवी बोगटीले ५ लाखको लागतमा शिविर संचालनमा सघाएका थिए ।