धौलागिरी अञ्चल म्याग्दी जिल्लाको एक सुन्दर पर्यटकीय ठाउँ राम्चे गाँउको म्युजिक भिडियो म्याक्सन टिभीले युट्युब म रिलिज गरेको हो । न्यु देउराली युवा क्लबको प्रस्तुति रहेको ” स्वर्ग जस्तै राम्चे गाउ हिमाली पाखैमा…” बोलको भिडियोमा टिका पुर्जा पुनले अभिनय गर्नुभएको छ । म्याग्दी जिल्लाको राम्चे हाल अन्नपूर्ण गाउपलिका ८ मा पर्दछ (साबिक राम्चे ४ म्याग्दी) राम्चे गाउलाइ बिस्व सामु चिनाउन र पर्यटन प्रबर्धनको रूपमा नयाँ प्रयोग स्वरूप म्युजिक भिडियो तयार पारिएको संयोजक उमेश गर्बुजा पुन ले बताउनु भयो । यस गीतको शब्द रचना डीके पुन (दिपक) ले गर्नु भएको हो

अन्नपुर्ण गाउपलिका ८ राम्चे (साबिक राम्चे ४ म्याग्दी ) मा जन्मनु भएका रचनाकार डीके पुन (दिपक) हाल पोखरा – ११ फुलबारी मा बसोबास गरि आउनु भएको छ । बर पिपल दोहोरि साँझको सस्थापक डीके पुन (दिपक) नमस्ते कर्बाकेली सांस्कृतिक समुहको कोषाध्यक्ष् समेत हुनुन्छ । उहा सन् १९९७ मा सिंगापुर पुलिसमा भर्ति भै सन् २००६ मा मेडीकल अबकाश पाउनुभएको थियो । यस भन्दा अगाडी बिस २०५९ मा पहिलो एल्बम “साधना – ५९” र दोस्रो एल्बम “आखिर किन” २०६४ मा पनि उहाले गित संगीत भर्नु भएको थियो

एल बी पुन/ जी. पुन ले संगीत/संगीत संयोजन गर्नु भएको यस गीतलाई आशिस पुनले निर्देशन गर्नु भएको हो । छबी राना मगरले सम्पादन तथा कलर गरेको यस भिडियोलाई सन्तोष पिठाकोटे मगरले छायांकन गरेका हुन् । यस भिडियोको पोस्ट प्रोडक्सन म्याक्सन फोर डी स्टुडियो पोखरामा भएको हो