लायन्स क्लव अफ बेनी सिटी को बर्ष ०१७/०१८ को बार्षिक कार्ययोजना अनुसार आज रघुगंगा गाँउपाललिका वडा नं-२ रिसिन चौतारीमा रहेको धवलागिरी आधारभूत बिद्यालयको भौतिक पूर्वाधार निर्माणको लागि आर्थिक सहयोग तिस हजार, तेह्र हजार बराबरको १,००० लिटर क्षमताको खानेपानी ट्याडकी र आठ हजार बराबरको ५२ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको लायन्स क्लव अफ बेनी सिटीका निवर्तमान अध्यक्ष सुविन श्रेष्ठले बताउनु भयो।

२०१८ सालमा स्थापना भएको बिद्यालयलो भवनलाई २०७२ साल बैशाख १२ गते आएको महाभुकम्पले क्षति पुर्याएको थियो। कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविन्द्र व. के.सी.,पूर्व अध्यक्ष हरु टोप व.केसी. र बल ब. सुनारले २०१८ सालमा स्थापना भएको बिद्यालयको विगत देखि वर्तमान सम्म भएका गतिविधिको जानकारी गराएका थिए भने बिद्यालयमा बिद्युत, खानेपानी,पुस्तकालय र खेलकुद मैदानको आवश्यकता रहेको बताएका थिए।

बिद्यालयको भौतिक निर्माण र शैक्षिक गतिविधिहरुमा सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान साथै कार्यक्रममा बिद्यार्थीहरुले नृत्यहरु पनि प्रस्तुत गरेको कुरा बिद्यालयका प्र.अ. मन व. पूर्जाले जानकारी गराउनु भएको छ। बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविन्द्र ब. के.सी.को सभापतित्व,लायन्स कल्व अफ बेनी सिटीका पूर्व अध्यक्ष एवं जोन चियर पर्सन लायन दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता मन्तव्य,अध्यक्ष लायन ईश्वर श्रेष्ठ र निवर्तमान अध्यक्ष सुविन श्रेष्ठले कार्यक्रम र लायन्स कल्वको बिषयमा जानकारी गराउनु एको कार्यक्रममा लायन अमृत प्र. शर्मा,महेन्द्र श्रेष्ठ र सुजन श्रेष्ठको सहभागिता रहेको अध्यक्ष लायन ईश्वर श्रेष्ठले जानकारी गराउनु भएको छ।