म्याग्दीका कान्तिपुर टेलिभिजनमा प्रशारण हुने Pulsar Dare Venture प्रतियोगितामा म्याग्दीका विविध जंग थापा उत्कृष्ट १० मा प्रवेश गरेका छन् । मोटरसाईकलमा जोखिमपूर्ण यात्रा गर्ने प्रतियोगिताका विभिन्न चरण पार गदैं धौलागिरि गाउँपालिका ताकम धारापानीका थापाले उत्कृष्ट १० प्रतियोगि भित्र पर्न सफल भएका हुन् । उच्च हिमाली क्षेत्र मनाङ लगाएतका विभिन्न स्थानमा हुने प्रतिस्पर्धामा मोटरसाईकल रेस संगै मोटरसाईकल विग्रिएको अवस्थामा समेत बनाउन सक्ने लगाएतका विभिन्न चरण पार गरेका थिए । प्रतियोगितामा आफ्नो क्षमतालाई देखाउन सफल भएको थापाले बताए ।

‘यस क्षेत्रमा मैले केही राम्रो गर्नुपर्छ जस्तो लागेको छ । अहिलेसम्म मैले राम्रो गरेको छु’ थापाले भने । उनले जोखिमपुर्ण यात्राको रुपमा लिने गरिएपनि प्रतियोगिताले जोखिममा पनि आफ्नो क्षमता देखाउन सक्ने, आपतकालिन अवस्थामा आफुँले प्रयोग गरेको मोटरसाईकलको मर्मत लगाएत विविध कार्यहरुलाई समेत सिकाउने गरेको बताए । प्रतियोगिले रेस संगै अन्य विविध खेलहरु समेत खेल्ने गरेका छन् । प्रतियोगितामा प्रथम हुनेले १० लाख, द्धितियले ५ लाख र तेस्रोले २ सय सिसीको पल्सर मोटरसाईकल सहित विविध पुरस्कार पाउने आयोजकले जनाएको छ ।

विज्ञापन