नेपाली काँग्रेस म्याग्दीले मंसिर १० गते सम्पन्न प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीलाई प्राप्त मत उत्साहजन भएको निस्कर्ष निकालेको छ । प्रत्यक्ष र समानुपातिक दुबैमा दोश्रो बनेको काँग्रेसले उक्त मतलाई संरक्षण गर्दै अघि बढ्नुपर्ने निस्कर्ष निकालेको हो ।

निर्वाचनपछि जिल्ला कार्य समितिका सदस्य, गाउँ इकाई सभापति, निर्वाचित जनप्रतिनिधी सहितको समिक्षा बैठकले ०६४ र ०७० सालमा भन्दा उत्साहजन मत पाएको भन्दै अझ सशक्त ढँगले अघि बढ्नुपर्ने आवश्यकता औल्याएका छन् । अगुवा कार्यकर्ताले पार्टीको चुनावी अभियानमा असहयोग गर्ने पार्टीका जिम्मेबारी केही नेतालाई कारवाही गर्न माग गरेका थिए । उनीहरुले आगामी पार्टीको गतिविधिमा चुनावी अभियानमा असहयोग गर्नेलाई कुनैपनि पदमा सहयोग नगर्ने घोषणा समेत गरेका थिए ।

हरेक वडा र गाउँपालिकामा निर्वाचनका बेला जिम्मेवारी पाएका प्रमुख तथा प्रतिनिधीहरुले आफ्ना क्षेत्रको पराजयको कारण सहित पार्टी नेतृत्व समक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए ।

४५ वटै वडाका गाउँ इकाई सभापति सहितका पदाधिकारी उपस्थित वैठकले मतदातालाई धन्यबाद दिन गाउँ अभियान समेत सञ्चालन गर्ने निर्णय समेत भएको छ । सभापति खम्बीर गर्बुजाले जित र हार प्राविधिक पक्ष भएको भन्दै काँग्रेस प्रति मतदाताको विश्वासलाई कहिल्यै मर्न नदिने बताए । ‘प्राविधिक कारण हामीले संसदीय चुनाब हा¥यौँ । तर, म्याग्दीका ६ मध्ये चार स्थानीय तहमा हाम्रो सरकार छ, त्यसबाट मतदाताका समस्याहरु सम्बोधन गर्नेछौँ’, उनले भने ।सभापति गर्बुजाले वाम गठबन्धनका बीच पनि मतदाताले आफ्नो पार्टी प्रति देखाएको विश्वास अविस्मरणीय रहेको बताए । म्याग्दीबाट प्रदेश,प्रतिनिधिसमा समेत प्रतिनिधित्वका लागि पहल गरिरहेको बताए ।

उनले जिल्लाको राजनीतिमा आफ्नो सधै उपस्तिती हुने बत बताउँदै कार्यकर्तालाई पार्टीको अभियानलाई निरन्तरता र आत्मबलका साथ काम गर्ने वातावरण बनाउने बताए । वैठकमा काँग्रेसका समग्र जिल्ला नेतृत्व, निर्वतमान सांसद रेशम बानियाँ लगायतको उपस्थिति थियो । सोही अवसरमा सहभागि कांग्रेसका अगुवा कार्यकर्तालाई मतदातालाई धन्यवाद दिने सहित वडास्तरमा समेत कार्यक्रमहरु सञ्चालन गर्ने बताइएको थियो ।