नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र बाट विकृतिजन्य गीत संगीतहरुले राम्रै स्थान जमाइरहेको अहिलेको अवस्थामा आफ्नै कला संस्कृति र मौलिकता लाई पनि जगेर्ना गर्नु पर्छ भन्ने मूल उदेस्य बोकेर संचालनमा आएको बिहानी डिजिटल प्रालिले पछिल्लो पटक फेरी अर्को मौलिक लोक दोहोरी गीत बजारमा ल्याएको छ ।

हामी सम्पूर्ण राष्ट्र प्रेमीहरुले आफ्नो मौलिक परम्परालाई पनि बिस्व सामु परिचित गराउनका लागि आफ्नो तर्फ बाट महत्वपुर्ण भूमिका खेल्नु पर्छ भन्दै “माया लाउँ भन लाउंला नभन” नामको साथमा बजारमा आएको लाली बुढाथोकीको यस गीतमा बरिष्ट गायक खड्ग गर्बुजा र लाली बुढाथोकीको सुमधुर स्वर सुन्न सकिन्छ ।

खड्ग गर्बुजको लय तथा शब्द सृजनाले सजिएको यस गीतलाई सुन्दा लाग्छ, हामि आफ्नै गाउँ वस्ती कुना कन्दरामा छौं , त्यहि भिर पाखा उकाली ओरालीको झल्को दिलाउने यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा बिनोद श्रेष्ठ र दिलकुमारी राम्जाली गर्बुजाको मौलिक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन उमेश गुरुङले गरेका हुन् भने छायांकन मधुर बस्नेत र शम्भु चालिसेले र सम्पादन सुजन शाहीले गरेका छन् ।sangeetsarobar.com

भिडियो हेर्न तल क्लिक गर्नु होला ।