म्याग्दी महोत्सवमा पर्यटन पवद्र्धन तथा स्थानीय उत्पादनलाई जोड दिइने

0
258

छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला–२०७४ मा पर्यटन पवद्र्धनलाई जोड दिइने भएको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन पवद्र्धन गरौं’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा छैटौं चरणको म्याग्दी महोत्सव आयोजना गरिएको छ ।

यही पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा जिल्लाको पर्यटन पवद्र्धनलाई जोड दिन लागिएको हो । महोत्सवमा आन्तरिक पर्यटन पवद्र्धनका साथै स्थानीय उत्पादनको बिक्री वितरण तथा प्रचारप्रसारलाई समेत जोड दिइने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । आइतबार महोत्सव मूल आयोजक समितिअन्तर्गत प्रचारप्रसार उपसमितिद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा म्याग्दी महोत्सवमा खासगरी पर्यटन पवद्र्धन र स्थानीय उत्पादनहरुलाई जोड दिइने बताइएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक उत्तमकुमार कर्माचार्यले जिल्लामा पर्यटन भिœयाउनका लागि पर्यटन पवद्र्धन र स्थानीयस्तरमा हुने उत्पादनको बिक्रीवितरण र प्रदर्शन गरिने बताएका छन् । उनले म्याग्दी जिल्ला प्राकृतिक सम्पदा, धार्मिक एवं पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला भएको हुँदा महोत्सव ऐतिहासिक, धार्मिक र पर्यटकीय एवं रमणीयस्थलहरुको प्रचारप्रसार गरिने बताए । जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमार्फत उजागर गर्ने र आन्तरिक तथा बाह्य पर्यटकहरु भिœयाउने महोत्सवको मुख्य लक्ष्य रहेको अध्यक्ष कर्माचार्यले बताए ।

महोत्सवस्थलमा १८० ओटा व्यापारिक स्टलहरुमध्ये हालसम्म ११० ओटा स्टल बुकिङ भैसकेको छ भने ३५ ओटा स्टलहरु महोत्सवका प्रायोजक, गाउँपालिकाहरु, कृषि कार्यालय र लघुउद्यमका लागि निःशुल्क रुपमा उपलब्ध गराइने उनले जानकारी दिए । हालसम्म महोत्सवको प्रचारप्रसारका लागि पोलमा व्यानर टाँगिएको, ब्रोसर निर्माण, स्थानीय उत्पादन सिमी, भटमासलगायत गेडागुडी सङ्कलन, फोटो सङ्कलन लगायतका कामलाई अगाडि बढाइएको मूल संयोजक कर्माचार्यको भनाई छ ।

उनका अनुसार महोत्सवमा आयोजना गरिएको भलिबल तथा बास्केटबल प्रतियोगिताका लागि सम्बन्धित पक्षलाई आवश्यक तयारी गर्न जिम्मेवारी दिइएको छ । यसैगरी महोत्सव प्रचारका लागि सिआरबिटी तथा पिआरबिटी समेत बनाइसकिएको छ । संघका सचिव एवं प्रचारप्रसार उपसमिति संयोजक सुवर्ण रिजालले धौलागिरि टेलिभिजनमार्फत स्टल बुकिङसम्बन्धी प्रचारप्रसार सुरु गरिएको हुँदा अब महोत्सव प्रचारमा जोड दिइने बताए । उनले यातायातका साधनमार्फत पनि प्रचारप्रसार गरिने बताउँदै सबै गाउँपालिकामा महोत्सवको होर्डिङबोर्ड पु¥याइसकिएको जानकारी दिएका छन् । गाडीमा व्यानर टाँसेर प्रचार गर्ने काम हाल ५० प्रतिशत सकिएको पनि उनले बताए ।

महोत्सव सम्पन्न गर्नका लागि संघका अध्यक्ष कर्माचार्यको मूल संयोजकत्वमा विभिन्न ३६ ओटा उपसमितिहरु गठन गरी तयारीलाई अगाडि बढाइएको संघले जनाएको छ । १० दिनसम्म चल्ने महोत्सवमा १ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकहरुलाई म्याग्दी जिल्लामा भिœयाउने लक्ष्य राखिएको छ भने करिब ६ करोड बराबरको कारोबार हुन अनुमान गरिएको छ ।

महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु तथा सेवाहरुको स्टल प्रर्दशनी, नगर तथा गाउँपालिकास्तरीय महिला र पुरुष भलिबल, बास्केटबल, लोकनृत्य, लठो, छेलो, अन्धनिशान, जातजातिको झाँकी एवं भेषभूषा प्रर्दशनी गरिने भएको छ । त्यस्तै लोकदोहोरीगीत प्रतियोगिता, लाईभ दोहोरी कार्यक्रम, कालीगण्डकी नदीमा ¥याफ्टिङ, बालउद्यान, चिडियाघर, स्थानीय र राष्ट्रियस्तरका कलाकारहरुबाट साङ्गीतिक एवं सांस्कृतिक र प्रहशन प्रस्तुत, परम्परागत स्थानीय कला र संस्कृतिको प्रस्तुतीलगायत रहेको छ । महोत्सवमा रमाइलो मेला पनि रहेको छ । यसअघि म्याग्दी उद्योग वाणिज्य संघले २०६०, २०६३, २०६५, २०६८ र २०७१ सालमा म्याग्दी महोत्सव आयोजना गरिसकेको छ ।