म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत विद्यार्थी धनमायाँ विकलाई बनभोजबाट बचत भएको आर्थिक सहयोग हस्तान्तरण गदैं स्वतन्त्र विद्यार्थी यूनियनको संयोजनमा क्याम्पसमा अध्ययरत स्नातक प्रथम बर्षका विद्यार्थीको संयुक्त बनभोजबाट बचत भएको आर्थिक स्नातक प्रथमबर्षमा अध्ययरत धनमायाँ विकलाई हस्तान्तरण गरिएको छ ।

स्वतन्त्र विद्यार्थी यूनियनको कार्यालयमा आयोजित कार्यक्रममा स्ववियू सभापति सावित्री खत्रीले बनभोजमा बचत भएको २ हजार ४५ रुपैयाँ विकलाई हस्तान्तरण गदैं आगामी दिनमा पनि सहयोगको प्रतिबद्धता जनाईन् । ‘रकम ठुलो नभएपनि विद्यार्थीले धनमायाँलाई सम्झिए, सानो सहयोगले पनि उनको शिक्षादिक्षामा सहज हुन्छ’ खत्रीले भनिन् ।उनले बनभोजमा बचत भएको आर्थिक संगै विकलाई क्याम्पसभित्र कुनैपनि समस्या हुन नदिने प्रतिबद्धता ब्यक्त गरिन् ।

सोही अवसरमा उनले क्याम्पसमै अध्ययरत अर्का दृष्टिविहिन गोपाल खत्रीलाई समेत स्ववियूको तर्फबाट १ हजार सहयोग गरिन् । सोही अवसरमा पत्रकार हरिकृष्ण गौतमले धनमायाँ विकलाई १ हजार र गोपाल खत्रीलाई १ हजार आर्थिक सहयोग गरेका थिए । बेनीअनलाइनले दुवै विद्यार्थीको समस्याका बारेमा समाचार प्रकाशित गरेपछि अध्ययनका लागि आवश्यक पर्ने सहयोग जुटाइएको थियो ।

सहयोग हस्तान्तरण तथा दृष्टिविहिन विद्यार्थीको समस्याका बारेमा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख टिकाराम सापकोटाले क्याम्पसमा दृष्टिविहिन विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक साम्रागीको ब्यवस्थापनमा प्रतिबद्ध रहेको बताए । बे्रल लिपी, स्टेशनरी, अडियो पुस्तकहरू, ब्रेल पेन सहित पाठ्यक्रम आवश्यकता रहेको बताए । कार्यक्रमको सञ्चालन स्ववियू सचिव दर्पण रोकाले गरेका थिए ।

कार्यक्रममा स्ववियू सदस्य रस्मी रोका र बनभोज कार्यक्रमकी संयोजक सन्ध्या खत्री लगाएतको उपस्थिती रहेको थियो । रघुगंगा गाउँपालिका ‐साविकको झिँ गाविस–८) स्थायी घर भई हाल बेनपा–४ राक्सेमा आफन्तको घरमा बस्दै आएकी विकलाई परिवारले घरबाट निकाला गरेपछि अलपत्र परेको अवस्थामा मंगला गाउँपालिका–२ बावियाचौरमा पुगेकी विकले विभिन्न ब्यक्तिको सहयोगमा ११ र १२ कक्षा उत्र्तिणा गरी स्नातक तहमा म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत छिन् ।