विद्यालयमा २५ लाखको अक्षय कोषको स्थापना

0

बेनी नगरपालिका–४ सिंगा बास्कुनाका एक यूवाले हजुरआमाको नाममा एक विद्यालयलाई २५ लाखको अक्षय कोष स्थापना गरेका छन् ।हाल न्यूजिरल्याण्डमा रहेका लाल बहादुर केसीले ९९ बर्षिया गौमती केसीको नाममा कोषको स्थापना गरेका छन् ।विद्यालयका पूर्व विद्यार्थी समेत रहेका केसीले जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई कोषको ब्याजबाट सहयोग गर्ने केसीले बताए ।

न्यूजिरल्याण्डमा सफल नेपाली ब्यवसायीको रुपमा चिनिएका केसीले त्यहाँ फलफुल ब्यवसायमा संलग्न छन् । ब्यवसायसंगै सामाजिक र परोपकारी कार्यमा समेत संलग्न रहेका केसीले धौलागिरि माविमै सञ्चालिन विषेश कक्षा अन्र्तरगत बहिरा विद्यार्थीलाई समेत २ लाख आर्थिक संकलन गरेर पठाएका थिए । विद्यालयमा उच्च माविसंगै प्राविधिक शिक्षा समेत सञ्चालन गर्ने गरिएकाले पनि आर्थिक सङ्कलन अभियान सञ्चालन भइरहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भगवान खड्काले बताए । उनले ३५ लाख आर्थिक संकलन भएको बताए ।

उनका अनुसार अभियान सुरुवात भएको केहीदिनमै मोहन प्रसाद रेग्मी १ लाख ११ हजार १११, भगवान, राजेन्द्र, प्रेम खड्काबाट १ लाख ११ हजार १११,नारायण उपाध्याय,१ लख ११ हजार १११, नरहरी उपाध्याय १ लाख ११ हजार १११,चन्द्र बहादुर सिउथानी तातोपानी १ लाख १ रुपैयाँ,डण्डपानी सापकोटा ५० हजार १ सय,खडानन्द कँडेल तातोपानी ५१ ह्जार १११, पूर्व प्रसाद रिजाल ५१ ह्जार १११ सिमलचौर, मिना कुमारी कार्की ५१ ह्जार ५५५, खड्क कार्की ५० हजार १ रुपैयाँ, विभिन्न संघसंस्थाबाट १ लाख २ रुपैयाँ,काशिराम पौडल शिक्षक २५ हजार १ रुपैयाँ, पूर्ण बहादुर बानियाँ,सिता बानियाँ २५ हजार १ सय र जिवन प्रकाश सुबेदी २५ हजार १ रुपैयाँ सहयोग प्राप्त भएको छ । २०१८ सालमा स्थापना भएको विद्यालयले माध्यामिक तहसंगै गतबर्ष कक्षा ११ को अनुमति समेत पाएको थियो । शिक्षा र ब्यवस्थापन संकाय सञ्चालन भइरहेको विद्यालयमा प्रावि देखी माविसम्म २ सय ५० जना विद्यार्थी अध्ययरत छन् ।