ममताकी खानी ! जसले छोरालाई मृगौला दिईन

0

दुबै मृगौला खराब भएका कारण राजधानी स्थित राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र बनस्थलीमा गत श्रावन ६ गते देखि उपचाररत धौलागीरी गाउपालिका – ५ साबिक मल्कबाङ्ग गाबिस वडा एक का ३१ वर्षीय धनबहादुर लाइ बचाउन आफ्नी ६८ वर्षीय आमाले मृगौला दान गर्ने भएकी छिन ।

मृगौला प्रत्यारोपण केन्द्रको सिफारिसमा मनमोहन मेमोरियल मेडिकल कलेजमा साताको दुइ पटक डायलायसिस गराउदै आएका बुढाथोकी बैदेशिक रोजगारको लागि साउदी अरब पुगेका थिए। दुवै मृगौलामा समस्या देखिएपछि एक महिना साउदी अरबमै उपचार गराइ मृगौला प्रत्यारोपणको विकल्प सहित नेपाल फर्केका हुन्। मानब अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुढाथोकीको मृगौला प्रत्यारोपण हुने प्रक्रिया अगाडी बढेको बिरामीका बुबा लिल बहादुर बुढाथोकीले जनाकारी गराएका छन् ।

दिदि, श्रीमती र मेरो मिलेन आमाको मिल्यो अब प्रक्रिया अगाडी बढेको छ आर्थिक व्यबस्थाको पिर लाग्न थालेको छ कम्तिमा पनि ८ देखि १० लाख सम्म खर्च हुने बताइएको छ उहाले भन्नुभयो । लामो समय देखि राजधानीमा कोठा भाडामा लिएर उपचार गराउदै आएको बुढाथोकी परिवारमा एक किसिमको आसा र खुशी पलाए पनि आर्थिक समस्याले पिरोल्न थालेको छ । हाल सम्म विभिन्न मुलुकमा रहेका नेपालीहरु र संघ संस्थाले गरेको सहयोगबाट खर्च टार्दै आएको र सहयोगकै आसा अपेक्षामा प्रत्यारोपणको आँट आएको परिवारले बताएका छन् ।

पिडित परिवारले सहयोगका लागि आफन्त र देश तथा बिदेशमा रहेका नेपालीहरुलाई अपिल समेत गर्दै आएका छन् मानब अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुढाथोकीको मृगौला प्रत्यारोपण हुने प्रक्रिया अगाडी बढेको बिरामीका बुबा लिल बहादुर बुढाथोकीले जनाकारी गराएका छन् । दिदि, श्रीमती र मेरो मिलेन आमाको मिल्यो अब प्रक्रिया अगाडी बढेको छ आर्थिक व्यबस्थाको पिर लाग्न थालेको छ कम्तिमा पनि ८ देखि १० लाख सम्म खर्च हुने बताइएको छ उहाले भन्नुभयो । लामो समय देखि राजधानीमा कोठा भाडामा लिएर उपचार गराउदै आएको बुढाथोकी परिवारमा एक किसिमको आसा र खुशी पलाए पनि आर्थिक समस्याले पिरोल्न थालेको छ । हाल सम्म विभिन्न मुलुकमा रहेका नेपालीहरु र संघ संस्थाले गरेको सहयोगबाट खर्च टार्दै आएको र सहयोगकै आसा अपेक्षामा प्रत्यारोपणको आँट आएको परिवारले बताएका छन् ।

हाल सम्म करीब ३ लाख सहयोग प्राप्त भएको र सहयोगको आस्वासन मिलिरहेको धनबहादुरले जानकारी गराए। उनका अनुसार दुबईबाट गमान फगामी मार्फत ५० हजार , हंगकंगबाट मोना अन्तराष्ट्रिय महिला संयोजक पुर्णिमा पाइजा (आशा मगर) ले ब्यक्तीगत ५० हजार, मोना युएई द्वारा ३० हजार, म्याग्दी उद्वार समिति बहराइनबाट प्रविण छन्त्याल मार्फत १३ हजार ५ सय, इजराइलबाट तारा गर्बुजा मार्फत २५ हजार, हिरा बूढाथोकी मार्फत २५ हजार र मल्कबाङ्ग समाज युके द्वारा ९५ हजार सहयोग उपलब्द भएको हो।

हाल सम्म करीब ३ लाख सहयोग प्राप्त भएको र सहयोगको आस्वासन मिलिरहेको धनबहादुरले जानकारी गराए। उनका अनुसार दुबईबाट गमान फगामी मार्फत ५० हजार , हंगकंगबाट मोना अन्तराष्ट्रिय महिला संयोजक पुर्णिमा पाइजा (आशा मगर) ले ब्यक्तीगत ५० हजार, मोना युएई द्वारा ३० हजार, म्याग्दी उद्वार समिति बहराइनबाट प्रविण छन्त्याल मार्फत १३ हजार ५ सय, इजराइलबाट तारा गर्बुजा मार्फत २५ हजार, हिरा बूढाथोकी मार्फत २५ हजार र मल्कबाङ्ग समाज युके द्वारा ९५ हजार सहयोग उपलब्द भएको हो।

बुढाथोकीको जिबन बचाउनका लागि राष्ट्रिय मृगौला उपचार केन्द्र, धवलागिरी गाउपालिका वडा ५ को कार्यालय र नेपाल मगर संघ केन्द्रिय कार्यालयले समेत अपिल सहित सिफारिस गरेको छ। सबै कुराको चाजो मिलेमा सम्भवत दुई देखि तिन महिना भित्र बुढाथोकीको मृगौला प्रत्यारोपण हुने अस्पताल स्रोतले जनाएको छ।

सहयोग तथा जानकारीका लागि बिरामी स्वयम् को मोबाइल नम्बर ९८०८३५६७५३ बिरामीका बुबा लिल बहादुर बुढाथोकी ९८०५१६४५९७ मा सम्पर्क गर्न र सिधै सहयोग गर्न सकिने बताइएको छ ।