बेलायतको सर्वोच्च यूद्ध पदक भिक्टोरिया क्रस विजेता समाजसेवी तुल बहादुर पुनको सम्झनामा रघुगंगा गाउँपालिका–१ तिप्लाङमा म्यूजियम बन्ने भएको छ । गोर्खा आन्दोलनका महानायकको रुपमा समेत चिनिने पुनको जिवनी, यूद्धका अनुभव, साम्रगी, पदक, पोशाक सहित महत्वपूर्ण साम्रागीहरूको संरक्षणका लागि परिवारले आवश्यक जग्गा समेत खरिद गरेका छन् ।जग्गा खरिद, म्यूजिमका लागि आवश्यक अन्य तयारी समेत सुरू गरिएको जेठा छोरा अर्जुन तिलिजाले बताए।

‘पिताको सम्झनामा मात्रै होईन् भावी सन्ततीलाई देखाउन पनि म्यूजियम बनाउन लागेका छौ ।म्यूजिमका लागि धेरैपहिला देखी पहल भएको थियो’ तिलिजाले भने। उनले म्यूजियमले बेनीबाट उत्तरी म्याग्दी हुदै जोमसोम सम्म जाने आन्तरिक तथा बाह्य पर्यटकका साथै विश्य यूद्धका बारेमा बुझ्न चाहनेका लागि पनि आर्कषित गर्ने बताए ।

Actress Joanna Lumley meets Tul Bahadur Pun VC, who served with her father, outside the High Court, London, where she joined Gurkhas in their battle for the right to settle in Britain. PRESS ASSOCIATION Photo. Picture date: Tuesday September 16, 2008. See PA story COURTS Gurkhas. Photo credit should read: Ian Nicholson/PA Wire

स्थानीयबासीले गाउँमा विकासको रेखा कोर्ने स्वर्गीय पुनको स्मृतिमा म्यूजियमको आवश्यकता रहेको बताएपछि पुन परिवारले कालिका आधारभुत विद्यालय नजिक रहेको करिव १ रोपनी जग्गा १५ लाख ५० हजारमा खरिद गरी विद्यालयको नाममा हस्तान्तरण गरेका थिए ।म्यूजियमलाई पुरानो र आर्कषित बनाउन इन्जिनियरहरू समेत बाहिरबाट ल्याउने तयारी भइरहेको छ । म्यूजियममा स्वर्गीय पुनले गरेका योगदानको डकुमेन्ट्री समेत राखिने छ ।

बेगखोलाबासीले आफ्नो अभिभावकको रूपमा लिने गरेका स्वर्गीय भिसी पुनको नाममा बन्ने म्यूजियममा पुनका परिवार, आफन्त र शुभचिन्तकबाट समेत सहयोगको प्रतिबद्धता जनाइएको छ।करिव ५० देखी ७० लाखको लागत लाग्ने अनुमान गरिएको छ । बेलायती सेनाबाट अवकाश लिएपछि तत्कालिन समयमा ब्रिटिस सरकारको कर्मचारी र राजनीतिक कार्यकताका रुपमा समेत काम गरेका भिसी पुनलाई उत्तरी क्षेत्रका जनतालाई शिक्षा, स्वास्थ्य, विकास निर्माण,खानेपानी सहित विभिन्न आवश्यकताहरुलाई पुरा गर्न बेलायत सरकार, आफ्नै कम्पनी र ब्यक्तिगत रुपमा समेत लाखौं सहयोग गरेका थिए ।

‘हामीले उहाँलाई जिवितै रहेको महसुस गर्न म्यूजिमको आवश्यकता थियो । धेरैले उहाँका बारेमा जिज्ञासा राख्ने गर्दछन्’ वडा सदस्य बलमान गौचनले भने । उनले तिप्ल्याङ बजारमा बन्ने म्यूजियमले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आर्कषित गर्ने भएकाले पनि पूर्वाधार निर्माणमा स्थानीयबासीले जनश्रमदान र वडाबाट समेत आवश्यक सहयोग हुने बताए । स्थानीय यूवाले पुनभिसी यूवा क्लव समेत स्थापना गरेका छन् । भिसीको नाममा फाउण्डेशन समेत राखिएको छ ।

तत्कालिन समयमा मुस्ताङका सदरमुकाम उत्तरी म्याग्दीको दानामा हु्दाँ थुप्रै विकासका कार्यक्रमहरु भित्राएका पुनको सक्रियतामा स्थापना भएका विद्यालयहरुमा हरेक बर्ष स्मृति दिवसको आयोजना गरी भब्य कार्यक्रम समेत गर्ने गरिन्छ ।कालिका आधारभुत विद्यालय तिप्ल्याङ र कृष्ण आधारभुत विद्यालय बादुँकको संस्थापक समेत रहेका स्वर्गिय पुनको परिवारबाट विद्यालयमा ब्यक्तिगत रुपमै लाखौंको सहयोग भएको छ ।

उनको सम्झनामा बेगखोला गाउँमा जोड्ने सडकमा समेत १ करोडभन्दा धेरै चन्दा सङ्कलन गरेर पुन भिसी मार्ग तथा जन्मगाउँ बादुँक जाने ग्रामिण सडकमा समेत प्रवासमा रहेका स्थानीयले लाखौं चन्दा संकलन गरी सडक विस्तार गरिएको थियो । ‘उहाँका योगदानका बारेमा बारेमा भनेर सकिदैन् । गाउँको रुप नै परिवर्तनमा ठुलो भूमिका खेल्नुभएको थियो’ बेगखोलाकी अगुवा महिला ओमकुमारी फगामीले बेनीअनलाइनलाई भनिन् ।

उनले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक संघसंस्थामा स्वर्गिय पुनको सहयोगलाई परिवार र आफन्तले समेत निरन्तरता दिएको बताउँदै म्यूजियम सहित उहाँका पुराना कामहरूको संरक्षण गर्नुपर्नेमा जोड दिए ।उनका अनुसार विद्यालयमा पूर्वाधार विस्तार, अक्षय कोष, शिक्षकको तलब सहित आवश्यक शैक्षिक साम्रागी र सुविधासम्पन्न भवन बनाउन समेत भिसी परिवारले नेतृत्वदाही भूमिका खेलेको बताईन् । भिसीको समाधिस्थल आसपासमा रहेको करिव ९ रोपनी जंगलको घाँसदाउराको आम्दानी समेत विद्यालयले प्रयोग गर्ने गरेको छ ।

बेगखोलाको बादुरक गाउँमा कविराम र आमा तनिसा तिलिजाको कोखबाट १९२३ मार्चमा जन्मिएका पुन २० बर्षको उमेरमा भर्ती भएका थिए । पुनको बादुक तिप्लाङस्थित आफ्नै घरमा सन् २०११ अप्रिल २० मा ९० बर्षको उमेरमा निधन भएको थियो । भिसी पुनको नाममा गाउँमा निर्मित भवनको उद्घाटन गर्न बेलायती अभिनेत्री जोहना लुम्ली समेत आएकी थिइन् ।यसैबिच गाउँपालिकाले समेत पुन भिसीका बारेमा गरिएका कार्यक्रमलाई सहयोग गरिने जनाएको छ ।