म्याग्दीका कान्तिपुर टेलिभिजनमा प्रशारण हुने Pulsar Dare Venture  प्रतियोगितामा उत्कृष्ट १० भित्र प्रवेश गरेका बाईकर बिबिध जंग थापाले भोटिङका लागि अनुरोध गरेका छन् ।

मोटरसाईकलमा जोखिमपूर्ण यात्रा गर्ने प्रतियोगिताका विभिन्न चरण पार गदैं धौलागिरि गाउँपालिका ताकम धारापानीका थापाले उत्कृष्ट १० प्रतियोगि भित्र पर्न सफल भएका थापाले भोटिङबाट विजेता घोषित हुने भएकाले भोटिङ अभियानमा सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई बेनीअनलाइन मार्फत सहयोगको अपिल गरेका छन् ।

‘एउटा साहसीक प्रतिस्पर्धामा छु, यसमा उपाधी जित्न तपाईहरूको एक भोटले मलाई सहयोग गर्छ’ थापाले भने ।उनले प्रतियोगितामा आफ्नो कलाबाट आयोजक समेत उत्साहित भएको समेत बताए । मोटरसाईकललाई आफ्नो नियन्त्रणमा राखेर विभिन्न स्टन गर्ने गरेका थापाले प्रतियोगिताका रेस सहितका सबैजसो प्रतिस्पर्धामा आफ्नो उत्कृष्ट प्रर्दशन गरेकाले पनि पेशेवर बाईकरलाई समेत पछाडी पारेका थिए ।

उच्च हिमाली क्षेत्र मनाङ लगाएतका विभिन्न स्थानमा हुने प्रतिस्पर्धामा मोटरसाईकल रेस संगै मोटरसाईकल विग्रिएको अवस्थामा समेत बनाउन सक्ने लगाएतका विभिन्न चरण पार गरेका थिए । ‘यस क्षेत्रमा मैले केही राम्रो गर्नुपर्छ जस्तो लागेको छ । अहिलेसम्म मैले राम्रो गरेको छु’ थापाले भने ।

उनले जोखिमपुर्ण यात्राको रुपमा लिने गरिएपनि प्रतियोगिताले जोखिममा पनि आफ्नो क्षमता देखाउन सक्ने, आपतकालिन अवस्थामा आफुँले प्रयोग गरेको मोटरसाईकलको मर्मत लगाएत विविध कार्यहरुलाई समेत सिकाउने गरेको बताए । विश्वका धेरै देश मोटरसाईकल प्रतिस्पर्धाबाट समेत चिनिएको बताउँदै थापाले नेपालमा समेत यसलाई अन्र्तराष्ट्रिय बाईकरहरुको जमघटका साथै ग्रामिण क्षेत्रमा प्रतियोगिताको आयोजना गरी पर्यटन प्रर्वधनमा समेत सघाउन पुग्ने बताए ।

प्रतियोगितामा थापालाई भोटिङ गर्न आफ्नो मोबाईलको म्यासेज बक्समा गएर PDV स्पेश BIBID क्यापिटल अक्षरमा लेखेर ३३००१ मा पठाउनुपर्छ । प्रतियोगितामा प्रथम हुनेले १० लाख, द्धितियले ५ लाख र तेस्रोले २ सय सिसीको पल्सर मोटरसाईकल सहित विविध पुरस्कार पाउने आयोजकले जनाएको छ ।