परम्परागत कुप्रथाविरुद्ध धार्मिक अगुवा एकजुट .

0

रन्जना श्रेष्ठ

जिल्लामा नै पहिलो पटक विभिन्न धार्मिक अगुवाहरु एकै साथ एकै ठाउँमा भेला भई हनिकारक परम्परागत अभ्यास विरुद्ध एक दिवसीय कार्यशाला गोष्ठी आज बेनिमा सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल को सहकार्य, महिला हिंसा विरुद्ध अन्तर धार्मिक राष्ट्रिय सञ्जालको समन्वय र सिविन नेपाल म्याग्दीको आयोजनामा कार्यशाला गोष्ठी भएको छ ।धर्मको नाममा हाम्रा समाजमा हुने वालविवाह, छुवाछुत, दाईजो प्रथा, बलि प्रथा, घरेलु हिंसा, लैगिंक विभेद,बोक्सा बोक्सी प्रथा,छाउपडि , देउकी प्रथा जस्ता हानिकारक परम्परा व्याप्त छन् । यि हानिकारक परम्परा न्यूनिकरण गर्न धार्मिक अगुवाहरुले कसरी सहयोग गर्दछ भन्ने कुराको छलफल भएको थियो ।

लैगिकता र बालविवाह सम्वन्धि हाम्रा विभिन्न धर्म ग्रन्थमा के के छ ? भन्ने बारे हिन्दु धर्मका धर्मगुरु एवम् ज्योतिस रघुनाथ आर्चायले सहजिकरण गर्नु भएको थियो भने सामाजिक हानिकारक परम्परा र धर्मका बारेमा महिला हिंसा विरुद्ध अन्तर धार्मिक संजालकी संयोजक नहिदा बानिले सहजिकरण गर्नु भएको थियो । जिल्लामा धार्मिक सहिष्णुताको साथै हानिकारक परम्परागत अभ्यास को न्युनिकरण गर्नकालागि उक्त छलफलबाट १० सदस्य अन्तर धार्मिक संजालको गठन पनि भएको छ ।

अन्तर धार्मिक संजालको अध्यक्षमा ईसाई धर्मका कृष्ण बहादुर पुन उपाध्यक्षमा हिन्दु धर्मका चिरन्जीवि आचार्य ,सचिवमा लोकनाथ भुसाल ,कोषाध्यक्षमा रन्जना श्रेष्ठ र सदस्यमा ईस्लाम धर्मका रहमत खान , हिन्दु धर्मका हरिप्रसाद पौडेल, कृष्ण प्रसाद पौडेल,र सल्लाहकारमा गणनागथ शर्मा पौडेल, राम बहादुर शाही र कृष्ण प्रसाद आर्चाय र्निविरोध निवार्चित हुनु भएको छ । उक्त संजालले म्याग्दी जिल्लामा रहेका हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि धार्मिक स्तरबाट अभियान चलाउने सबै धर्मको एकजुट भई लाग्ने कुरा नवर्निवाचित अध्यक्ष कृष्ण पुनले बताउनु भयो ।