एकपटक हेर्नुहोस्, २ सय ५० मिटर माथीबाट एप्सले म्याग्दी खोलाको पानी आपूर्ती गरियो (भिडियो)

0

म्याग्दीको बेनी नगरपालिका–२ खवरामा शनिबार कृष्णबहादुर खत्रीले म्याग्दीको नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाईलाई मोवाईलको प्रयोग गरी सञ्चालन गरेको देखेर स्थानीय दंग परेका छन् ।

केहीदिन अगाडी बेनीबजारमै लिफ्ट प्रविधिको सिँचाईको मोवाईलबाट सञ्चालन गरी देशभर चर्चा कमाएपछि शनिबार स्थानीय कृषकको अनुरोधमा खत्रीले गाउँमै पुगेर प्रत्यक्ष मोवाईलको एप्सको माध्यमबाट खोलाको किनारमा रहेको पानीको इनारमा जडान नजिक जडान गरिएको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर किसानकै खेत नजिक पानी पु¥याएपछि खवराबासी उत्साहित भएका थिए ।

 

‘गाउँलेको अनुरोधमा गाउँमै पुगेर सञ्चालन गरे, विहान आउन नसकेका गाउँलेलाई घरबाटै समेत प्रयोग गरेको जानकारी गराए’ खत्रीले बेनीअनलाइनलाई भने । उनले आफुँले प्रयोग गरेको प्रविधिलाई असम्भव भन्नेहरु समेत भेटिएको बताउँदै प्रविधिको प्रयोगका लागि अझै आवश्यकता परेमा सञ्चालन गरेमा समेत देखाउने बताए । उनले लभ्लीहिलबाट बेनीबजार नजिकबाट बग्ने म्याग्दी र कालिगण्डकी नदीलाई समेत आसपासका गाउँमा लैजान सकिने अन्य प्रविधिको समेत प्रयोग गर्ने तयारी गरेको बताए ।

‘सिँचाईको पानीलाई आपुर्ती र बन्द गर्न सक्ने प्रविधिको प्रयोग गरेको छु । यसलाई देशका कुनैपनि स्थानबाट माग भएरमा गएर सिकाउन सक्छु’ उनले भने । उनले जिल्लाका धेरै जस्तो बस्ती खोला नदी आसपासका क्षेत्रमा भएको बताउँदै खानेपानी र सिँचाईको समस्यालाई समाधान गर्न सकिने प्रविधिको जडान गर्नुपर्नेमा जोड दिए । खवरा, पिपलडाँडा आसपासका महिला कृषकले प्रविधिको प्रयोगबाट खोलाको पानीलाई डाँडामा ल्याउन सक्ने सीप आफुँहरुले पनि सिक्न चाहेको बताएका थिए।

‘सबैले यस्तो सीपको प्रयोग गर्न जान्नुपर्छ, निकट भविस्यमै तालिम समेत राख्छौ’ कृषक चन्द्र बहादुर कार्कीले भने । उनले गाउँमा म्याग्दी खोलाको पानी आएपछि दैनिक खोलामा पुगेर अन र अफ गर्नुपर्ने झन्झटबाट मुक्त हुने प्रविधिको प्रयोगले समयको बचत भएको बताए ।म्याग्दी खोलामा बगिरहेको पानीलाई खोला नजिक बनाइएको पक्की इनारमा पानी तान्ने उपकरण जडान गरी अग्लो स्थानमा ५ सय ५० मिटर पाईपको पानी एप्सका अन गरेपछि १० देखी १५ सेकेन्डमा २ सय ५० मिटर माथी पुगेपछि गाउँका कृषकहरु हर्षित भएका थिए ।

प्रधानमन्त्री लिफ्ट प्रविधिको सिँचाई कार्यक्रम अन्र्तरगत जिल्ला कृषि विकास कार्यालयले १० लाख अनुदान, राधाकृष्ण कृषि सहकारी संस्था र स्थानीयबासीको जनश्रमदानबाट करिव १७ लाखको लागतमा सम्पन्न भएको आयोजनामा प्रयोग गरिएको प्रविधि अञ्चलमै पहिलो र नेपालमा दुईचार ठाउँमा मात्रै प्रयोग गरिएको छ । प्राविधिक खत्रीले प्रविधिको प्रयोग गर्न सहज हुने गरी सर्वे र जडान गरेकाले दावी समेत गरे । खवरा, पिपलडाँडा, दारिमपाटा लगाएतका आसपासका करिव २ सय घरधुरीले म्याग्दी खोलाबाट सिँचाईको रुपमा प्रयोग गर्ने गरी आयोजना बनाइएको थियो ।
थप जानकारीका लागि कृष्ण बहादुर खत्री ९८५७६४०३९८