लायन्स क्लव अफ म्याग्दी दरवाङ र लियो क्लव अफ म्याग्दी दरवाङको आयोजनामा पश्चिम म्याग्दीको दरवाङमा आइतवारदेखि तीनदिने वृहत स्वास्थ शिविर र आँखा शिविर सुरु भएको छ । आँखा शिविर आफ्ना स्वगीय बुबा ओमवहादुर बोगटी र भाइ लोक बोगटीको स्मृतिमा बेनपा १ रत्नेचौर घर भै हाल मलेशियामा व्यापार गरी वस्नुभएका दीपक वोगटीको आर्थिक सहयोग र वृहत स्वास्थ्य शिविर लायन्स क्लव र लियो क्लव दरवाङको व्यवस्थापनमा आयोजना गरिएको हो ।

शिविरको पहिलो दिन आइतवार आँखा शिविरवाट ३ सय २६ र वृहत स्वास्थ्य शिविरबाट ३ सय ३९ गरी ६ सय ६५ जना लाभान्वित भएको लायन्स याममति रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा आवश्यक सम्पूर्ण खर्च समाजसेवी बोगटीले उपलब्ध गराउनुहुने छ ।

शिविरकाृ उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य भुपेन्द्र बहादुर थापाले राज्यको लगानीले मात्रै जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन नसकिरहेको अवस्थामा ब्यक्तिगत र संस्थागत सहयोगबाट गाउँमा आयोजना हुने शिविर प्रभावकारी भएको बताउनुभयो । सोही अवसरमा प्रदेश ख की सांसद नरदेवी पुन, मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोका, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.राजेन्द्र पौडेल लगाएतले मन्तब्य राख्नुभएको थियो ।

लायन्स याममति रोकाको अध्यक्षता,प्रतिनिधि सभाका सदस्य भुपेन्द्रवहादुर थापाको प्रमुख आतिथ्यता,प्रदेश सभा सदस्य नरदेवि पुन,लायन्स चन्द्रकुमार केसी,सन्तोष रावल र मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको विशिष्ट आतिथ्यता ,मोतिराम गौतमको स्वागत र मालवति थापाको संचालनमा सम्पन्न भएको थियो ।

आँखा शिवरमा हिमालयन आँखा अस्पताल पोखराका डा.हरिमाया गुरुङको नेतृत्वमा६ जना प्राविधिक र वृहत स्वास्थ्य शिविरमा डा.राजेन्द्र पौडेल,डा.तिलक गौतम र डा. कृष्ण कडेल लगाएतका चिकित्सकहरुले सेवा प्रदान गरिरहनुभएको छ। शिविरमा मंगला, मालिका र धौलागिरि गाउँपालिकाका साथै छिमेकी जिल्ला बागलुङबाट समेत उपचारका लागि आएका छन् ।

शिविरमा मोतियाविन्दुको अप्रेसनका साथै निशुल्क चस्मा र औषधी समेत उपलब्ध गराईने छ । करिव १ हजार विरामीको उपचारका लागि आवश्यक पर्ने औषधी सहितको सुविधा उपलब्ध रहेको लायन्स क्लव म्याग्दी दरवाङले जनाएको छ । आँखा र वृहत स्वास्थ्य शिविर मंगलवारसम्म संचालन हुने जनाइएको छ ।

दुईबर्ष अगाडी समेत बोगटीले उत्तरी पवर्तको मल्लाज, म्याग्दीको पाखापानी, भगवती, पोखरेबगर र बाबियाचौरमा आँखा उपचार शिवीर आयोजनामा आर्थिक सहयोग गरेका थिए । शिविरमा ११८ जनाले मोतियाबिन्दुको शल्यक्रियाका साथै आँखा परिक्षण, परामर्शको साथै निशूल्क औषधि र चस्मा सहित करिव १५ सय सर्वसाधारण लाभान्वित भएका थिए।