तिप्ल्याङका आगोलागी पिडितलाई गाउँपालिकाको राहत

0
217

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलास्थित तिप्ल्याङमा आगोलागी पिडितलाई गाउँपालिकाले राहत सहयोग गरेको छ । शानिबार दिउँसो ३ बजे आगोलागी हुँदा स्थानीय बेगबहादुर पूर्जा र राजकुमारी तिलिजाको घर जलेर पूर्णरुपमा नष्ट भएपछि गाउँपालिकाले विपद् ब्यवस्थापन कोषबाट १० हजार रुपैयाँको दरले सहयोग गरेको वडा अध्यक्ष बिल बहादुर फगामीले बताए ।

गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी, वडा सदस्य बलमान गौचन, तिलक तिलिजा, गाउँपालीकाका नायव सुब्बा दयाराम पौडेल सहितको टोलीले आगोलागी पिडितका परिवारलाई प्रति घर १० हजार हजार रुपैया आपतकालीन राहत प्रदान गरिएको थियो । कार्यक्रममा गाउँपालिका प्रमुख भण्डारीले पीडितलाई सहयोग उपलब्ध गराउने अभियानमा जुट्न स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई अनुरोध गरेका थिए ।आगलागीबाट पूर्जाको फर्निचरतथा घर जल्दा ३३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीयबासीले समेत सहयोगको अभियान सञ्चालन गर्न अपिल गरेका छन् । एक्कासी आगलागी भएपछि पूर्जाको घर, फर्निचर, १५० ओटा कुखुरा, लत्ताकपडा, नगद एकलाख र तीन तोला सुन जलेर नष्ट भएको थियो भने पूर्जासँगै जोडिएको तिलिजाको घर जल्दा नगद १७ लाख रुपैयाँ बराबरको क्षति भएको थियो । तिलिजाको आगोलागीले ५० ओटा कुखुरा मरेका छन्भने कुखुरा, घर, लत्ताकपडा र भाँडावर्तनसहित १७ लाख बराबरको क्षति भएको थियो ।