प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खारेजीको अभियान सञ्चालन गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अभियानको समिक्षा गरेको छ । मंगला गाउँपालिकाको बरंजाको खर्कमा आयोजित अगुवा भेलामा धौलागिरी इन्र्चाज धुव्र घिमिरे विप्लव, जिल्ला इन्र्चाज गम बहादुर श्रीष्ॉविजेता’ को उपस्थितीमा आयोजित अगुवा कार्यकर्ता भेलाले निर्वाचनको क्रममा राज्यपक्षबाट पक्राउ गरी रिहाई गरिएका नेताहरुको सम्मानका साथै अभियानमा सहयोग गर्नेलाई धन्यवाद समेत दिएको जनाइएको छ ।

‘निर्वाचन खारेजीको अभियान सफल भएको छ, पार्टीका कार्यकर्ताहरु समेत उत्साहित छन्’ श्रीषले भने । बरंजाको एक विद्यालय परिसरमा आयोजित कार्यक्रममा पार्टीको निर्देशनमा खटिएका नेता कार्यकर्तालाई धन्यवाद दिदैं आगामी दिनमा समेत पार्टीको अभियानका शसक्त सहभागि हुन धौलागिरी इन्र्चाज विप्लवले अनुरोध गरेका थिए । बैठक निर्वाचन खारेजीको अभियानम सफल भएको बताइएको थियो ।

सोही अवसरमा निर्वाचनको मुखमा प्रहरीले पक्राउ गरेका जगत पुन र प्रेम श्रीषले राज्यबन्दीको क्रममा भोगेको अनुभुती सुनाएका थिए । ३५ जनाको सहभागिता रहेको नेकपा माओवादीले जनाएको छ । पश्चिम म्याग्दीको दरवाङ र बेनी नगरपालिका ३ भकिम्लीमा निर्वाचन विरोधी अभियान सञ्चालन गरेपछि माओवादीका कार्यक्रममा राज्यले कडाईका साथै नेता कार्यकर्तालाई पक्राउ गर्न सुरु गरेपछि जिल्लाका नेताकार्यकर्ता पहिलो र दोस्रो चरणको निर्वाचनसम्म भूमिगत भएका थिए ।