म कुनै राजनीतिक विश्लेषक होइन । म त केवल अवसरको खोजीमा भौंतारिएर विदेशिएका ती लाखौं युवाहरुमध्येको एक हुँ । जो काँधमा देश रुपान्तरणको जिम्मा हुँदा हुँदै हजारौं सपनाहरु बोकेर बाटो लागेको एक युवक हुँ ।आज परिवार र देशको माटो छाडेर हिंडेको दश वर्ष भएछ । तर आफू जन्मे हुर्केको माटोको माया र माटोले दिएको पहिचानलाई बिर्सन सकिँदैन रै’छ । दश वर्ष अगाडि ने.वि. संघ बनेर विद्यार्थी राजनीतिमा होमिएका थिएँ । प्रजातन्त्रमा विश्वास राख्ने म आज पनि कांग्रेसी हुँ भन्नुमा कुनै दुविधा छैन ।

मैंले विदेशको बाटो रोज्दै गर्दा देशमा भर्खर जनआन्दोलन सकिएर देश शाूिन्तको दिशामा अघि बढिरहेको थियो । र, म्याग्दीको जनआन्दोलन र परिवर्तनको लागि विद्यार्थी नेतृत्व गर्ने अवसरलाई सदैव अंग्रपंक्तिमा बसेर जिम्मेवारी निर्वाह गरें । मसँगै अग्रपंक्तिमा बस्न अन्य विद्यार्थी संगठनका थुप्रै मित्रहरु थिए । आज अधिकांश मित्रहरु विदेशमा पसिना बगाइरहनुभएको छ । कतिपय स्वदेशमै बसेर मेहनत गरिरहनुभएको छ । २०६२÷६३ को आन्दोलन पश्चात् देशैभरि स्तम्भहरु भत्काउने लहर चल्यो । इतिहासमा त्यसको महत्व थियो वा थिएन । त्यो इतिहासकारहरुको बहसको कुरा हुन सक्छ । तर, उतिबेला हामीलाई राजतन्त्रको इतिहास र अस्तित्वको कुनै प्रवाह थिएन ।

त्यसबेला म म्याग्दी क्याम्पसको स्ववियू सभापति थिएँ । म म्याग्दीका सम्पूर्ण विद्यार्थीहरु एकजुट भएर राजतन्त्रको अन्त्य र भ्रष्टाचार विरुद्ध एकजुट हुनुपर्छ भन्नेमा विश्वास राख्दथें । त्यही कुरामा विश्वास राख्दथ्यो विनोद केसीले जसको कारण आज म्याग्दीको जनताले उसलाई प्रदेशसभा सदस्यको रुपमा निर्वाचित गराए र देशभरमै कान्छो सभासद भनेर चिनिएको छ । तत्कालीन वीरेन्द्रचोक (हाल लोकतान्त्रिक चोक)मा रहेको वीरेन्द्रको शालिक ढलाउनुपर्छ भनेर सम्पूर्ण विद्यार्थी संगठनका साथीहरुले निर्णय ग¥यौं र ढलायौं पनि ।

त्यो वीरेन्द्रको शालिक ढलाउँदै गर्दाको तस्वीर इन्टरनेट र छापामा भाइरल बन्यो । जसमा विनोदले फलामको गलले राजा वीरेन्द्रको टाउकोमा प्रहार गर्दै गर्दा लिइएको थियो । गृह युद्धको समयमा दाजु मदनलाई जसरी राज्य पक्षले निर्ममता पूर्वक हत्या ग¥यो र लगातार परिवारका सदस्यहरुप्रति नेपाली सेनाले कुटपिट र दुव्र्यवहार गरे त्यसको पीडा हामीलाई भन्दा लाखौं गुणा विनोद र उसको परिवारलाई थियो ।

आज सम्झँदा लाग्छ, उसले ती सम्पूर्ण पीडा, रिस, राग र बदलाको भावना त्यही शालिकसँगै अन्त्यष्टि ग¥यो । त्यसैले त कति शालीन र धैर्य छ । नेपालका सरकारी कार्यालयहरुमा भ्रष्टाचारले कसरी किलो गाडेर बसेको रहेछ भन्ने हामीलाई त्यतिबेला थाहा भयो । जब २०६३ सालमा जिल्ला प्रशासन कार्यालय म्याग्दीका तत्कालीन प्र.जि.अ., सहायक प्र.जि.अ. र कर्मचारीहरुलाई हामीले रङ्गेहात पक्रियौं र जिल्ला निकाला ग¥यौं । जहाँ भ्रष्टाचारको रकमलाई प्रतिशतको आधारमा कर्मचारीहरु बीच भागबण्डा गरिन्थ्यो । उक्त घटनालाई जसरी गोप्य छानविन गरी कारवाही गर्नेसम्मको साहस र जिम्मेवारी लिने अग्रपंक्तिमा विनोद थियो । भ्रष्टाचारको विरुद्ध कानेखुशी गर्नेहरु धेरै छन् तर त्यसको विरुद्ध निडर भएर बोल्न सक्ने र कारवाहीको दायरामा ल्याउने व्यक्तिहरु कमै छन् । विनोदको त्यो साहसलाई देखेर आज पनि सलाम ठोक्न मन लाग्छ ।

हिजो विदेश जाने चक्करमा धेरै असफलता भोगेपछि देशमै बसेर केही गर्ने सोच बनाएको विनोदलाई मेरो विदेश जाउँ भन्ने प्रस्तावले बदल्न सकेन । यही माटोमै केही गर्छु भन्ने अठोट लिएको व्यक्तिलाई मैंले जोड पनि गरिन । मेरो अमेरिकाको भिसा लागेपछि मलाई रोक्न आग्रह गर्ने व्यक्तिहरु कमै थिए । मेरो मानसपटलमा अझै पनि झलझली आइरहन्छ तत्कालीन नेकपा माओवादी जिल्ला इून्चार्ज तथा हाल पूर्व सभासद गोविन्द पौडेलले मेरो हात समाएर म जस्ता युवाहरु यो देमा खाँचो रहेकोले विदेश नलाग्न बिन्ती गरेको क्षण । तर त्यसबेला मसँग आफ्नो व्यक्तिगत सपना पूरा गर्नको निमित्त विदेश लाग्नु बाहेक अरु विकल्प देखिन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर हामी तीनजना अत्यन्त मिलनसार मित्रहरुलाई बिदाई गर्दै गर्दा विनोदसँग सँगै हामी सबैका गहभरी आँसु र मन भारी थियो । हामीमा देश छाडेर विदेश लाग्नुको पीडा त छँदै थियो । हामीलाई लाग्यो हामीले विनोदलाई एक्लै छाड्यौं । तर हामी गलत थियौं । उसले हामीलाई एक्लो भएको महसुस हुन दिएन र निरन्तर आफ्नो यात्रा जारी राख्यो । विदेशमा लामो समय बसे पनि जिल्ला र देश कुनै पनि कुरा टाढा रहन सकिएन र सकिँदैन पनि । ऊ हामीबाट बारम्बार देशमा आर्थिक लगानी गर भनी घच्घच्याइ रहन्थ्यो । नयाँ योजनाका कुराहरु सुनाइरहन्थ्यो ।

प्रदेश सभाको चुनावमा विनोदले माओवादी केन्द्रबाट टिकट पाउने समाचार बेनीअनलाइन, फेसबुकको भित्ताहरुमा पढेपछि थाहा पाएँ । जीवनमा त्यति धेरै खुशी कमै लागेको छ । हामी विदेशमा रहेका सम्पूर्ण साथीहरु अत्यन्त उत्साही थियौं । हामीले उसले प्रतिनिधित्व गरेको पार्टीलाई हेरेनौं न त पार्टीहरुको गठबन्धनलाई ऊ त हामी जस्ता युवाहरुको प्रतिनिधि थियो । त्यसैले त विनोदलाई निर्वाचित गराउन विदेशमा रहेका मित्रहरुले सहयोग गर्ने प्रतिबद्धता ग¥यौं । मलाई वामगठबन्धनप्रति कुनै गुनासो थिएन तर लोकतान्त्रिक गठबन्धन देखेर वितृष्णा लागेर आयो ।

लाग्यो हतारमा कांग्रेसले आफ्नो मर्यादा र इतिहास बिर्सेछ । राजतन्त्र, पञ्चायती र अवसरवादीहरु विरुद्ध यति लामो लडाईं लडेर यहाँसम्म आईपुग्दा फेरी तिनीहरुलाई उनै बोकेर जनताको घरदैलोमा भोट माग्न पुग्ने झुण्डहरु देखेर वाक्क लाग्यो । खैर, चुनावपछिको परिणाम देखेर भने साँच्चै हामी जस्ता विदेशमा बसेर स्वदेशलाई माया गर्ने र साँच्चिकै परिवर्तन चाहने लाखौं युवाहरुलाई उत्साही बनाएको छ ।

नेपाली जनताको सोचमा परिवर्तन आएको छ र स्थिर राजनीति चाहन्छन् भन्ने कुराको विश्वास बढेको छ । परिवर्तन नयाँ नेपालको नारामा मात्र होइन । साँच्चिकै विकास चाहन्छन् भन्ने महसुस भएको छ ।कानून लेख्ने, परिवर्तन गर्ने र लागू गर्ने प्रक्रिया कहिल्यै सकिँदैन र यो चलिरहन्छ । तर पछिल्लो समयको प्राप्ति संविधान, स्थानीय, संघीय र राष्ट्रियसभाको चुनावको सफलताले देशको नक्सामात्रै कोरिरहने युगको अन्त्य गरेको छ । निर्वाचनमा जनताले वाम गठबन्धनलाई दिएको स्पष्ट बहुमतले पनि जनता अब स्थिर सरकार र विकास चाहन्छ भन्ने पूरा पुष्टि भएको छ । जुन आजको आवश्यकता पनि हो ।

हाम्रा आमा, बुबा र आफन्तहरु आफ्ना विदेशिएका सन्तानहरु त्यहाँ विदेशका चिल्ला बाटोमा गाडी चढ्छन्, अग्ला भवनमा बस्छन् । सुखमय जीवन यापन गरिरहेका छन् र स्वदेशमा धुलो, धुँवा खान फर्कंदैनन् भन्नेमा विश्वास राख्दछन् । कतिपय हकमा यो सत्य पनि छ । तर म जस्तै अन्य कैयौं युवाहरु जो स्वदेशमा फर्केर व्यापार, व्यवसाय तथा रोजगारी गरी सामान्य जीवन यापन गर्न चाहन्छन् । जो आफ्नो परिवारको सुरक्षा र सन्तानको उज्वल भविष्यको चिन्ता गर्दछन् ।

सबै युवाहरु विदेशको सुख सुविधामा लालायित छन् भन्ने भनाई गलत छ । युवाहरु केवल देशको परिस्थिति देखेर अवसरको खोजीमा भौंतारिरहेका छन् । धुँवा, धुलो युवाहरुको बाधक होइन, बाधक त हाम्रो सोच र उचित वातावरण नहुनु हो, आधुनिक शिक्षा प्रणाली नहुनु हो । युवालाई स्वदेशमा प्राथमिकता नदिएर विदेशको बाटो देखाउनु हो । बाधक त श्रम मन्त्रालय हो, जो देशभित्र श्रमको अवसर सिर्जना गर्नुको साटो वैदेशिक रोजगार विभाग खोलेर विदेशमा रोजगारीको अवसरको प्रचार गरेर बसेको छ ।

आज विनोद जस्ता युवाहरुले राजनीतिमा पाएको अवसरले हामी विदेशमा रहेका युवाहरुलाई आशाको दियो जलाएको छ । जसले हाम्रो भावना र भावी योजनालाई प्रतिनिधित्व गर्दछ । आशा छ, आज विदेशमा रहेका लाखौं युवाहरु जो स्वदेश फर्कने जहाजको निम्ति टिकट लिन तत्पर छन् उनीहरुका आशा भरोसाहरुलाई कुल्चिने छैन । अन्ततः राष्ट्रलाई कठिन बाटोमा पनि दोहो¥याएर यहाँसम्म ल्याई पु¥याउने सम्पूर्ण नेताहरु, स्थानीय तहको चुनाव सम्पन्न गराउनुहुने प्रधानमन्त्री प्रचण्ड, संघीय चुनाव सम्पन्न गराउनुहुने प्रधानमन्त्री शेरबहादुर देउवाप्रति धन्यवाद प्रकट गर्दछु र भावी प्रधानमन्त्री र सरकारलाई शुभकामना प्रकट गर्दछु । हाल अमेरिकामा रहेका लेखेक म्याग्दी बहुमुखी क्याम्पसका पूर्व सभापति हुन् ।