आगोलागी पीडितलाई बेगखोला कल्याणकारी समाजको सहयोग

0

रघुगंगा गाउँपालिका–१ बेगखोलास्थित तिप्ल्याङमा आगोलागीका क्षती पुगेको दुई घरपरिवालाई बेगखोला कल्याणकारी समाज पोखराले आथिएक सहयोग ग।ेको छ । गत शनिबार शानिबार दिउँसो ३ बजे आगोलागी हुँदा स्थानीय बेगबहादुर पूर्जाको घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो भने राजकुमारी तिलिजाको आंशिक क्षती भएको थियो । बेगखोलाबाट पोखरामा बस्नेहरूको साझा संस्था समाजले पुर्जालाई नगद १ लाख र तिजिलाई ३० हजार उपलब्ध गराएको समाजका ओमप्रसाद पुर्जाले बताए ।

‘क्षती अनुसारको आर्थिक सहयोग गरिएको छ । पीडितलाई अझै धेरै सहयोगको आवश्यकता छ’ पुर्जाले भने । उनले समिति मार्फत आर्थिक सङ्कलनका लागि बेगखोलाबाट विश्वका विभिन्न मुलुकमा रहेका बेगबासीलाई समेत अनुरोध गरेको बताए । राहत रकम बुझ्दै पीडितले आगलागीले विस्थापित बनाएको बताउँदै सहयोगदाता प्रति आभार प्रकट गरेका थिए । प्रहरीका अनुसार पूर्जाको फर्निचरमा एक्कासी विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ ।

आगोलागीबाट उनको फर्निचर तथा घर जल्दा ३३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएकोे छ । पूर्जाको घर, फर्निचर, १५० ओटा कुखुरा, लत्ताकपडा, नगद एकलाख र तीन तोला सुन जलेर नष्ट भएको उनले बताए । यसैगरी आगोलागीले पूर्जासँगै जोडिएको तिलिजाको घर जल्दा नगद १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

तिलिजाको आगोलागीले ५० ओटा कुखुरा मरेका छन्भने कुखुरा, घर, लत्ताकपडा र भाँडावर्तनसहित १७ लाख बराबरको क्षति भएको छ । पीडितलाई गाउँपालिकाले समेत आर्थिक सहयोग गरेको छ । बेगखोलाको सामाजिक कार्यमा सक्रिय रहेका दुवै पीडितको घर पुर्ननिर्माण सहितको अभियान सञ्चालन गर्ने समेत स्थानीयले अपिल गरेका छन् ।,