के हो म्याग्दीको आकाशमा देखिने धुवाको रेखा ?

0
256

समय–समयमा म्याग्दीको आकाशमा धुवाको रेखा देखिने गरेको छ । बिहिबार दिउँसो म्याग्दीको बेनी आसपासको आकाश माथि देखिएको रकेट जस्तै देखिने धुवाको धर्सोका बारेमा अझैपनि म्याग्देलीलाई जानकारी छैन् । विगत आधा दशक अगाडी देखी दिउँसोको समयमा पछाडी धुवाँको फाल्दै उडिरहेको देखिपछि सर्वसाधारणले चासो देखाएपनि जिल्लाका सुरक्षा निकाय भने यस विषयमा प्रष्ट छैनन् ।

बिहिबार म्याग्दीका साहित्यकार रामप्रसाद सुबेदीले बादल माथिबाट लामो धुवाको रेखा देखिएको तस्वीर सामाजिक सञ्जालमा राखेपछि फेरी म्याग्देलीले यसका बारेमा बुझ्ने प्रयास गरेका छन् । हप्तामा एकपटक देखिने विमान केहीदिन अगाडी काठमाण्डौको आकाशमा समेत भेटिएको थियो । काठमाण्डौ जस्तै म्याग्दीको आकाशमा देखिएको धुवा छिमेकी भारतको जेट विमानको भएको बताइएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरत केसीले पटकपटक आकाशमा देखिएको बारेमा नागरिक उड्ड्यन प्राधिकरण र गृहमन्त्रालयमा बुझ्दा म्याग्दी हुदै भारतको मुम्बईबाट डिल्ली जाने जेट बिमान भएको बताए । नेपालको मध्य र पश्चिमी पहाडी जिल्लाको आकाशबाट भारत, भुटान लगाएतका देशमा ओभर फ्लाई गर्दा आकाशमा धुवाको रेखा देखिने गरेको त्रिभुवन विमानस्थलका प्रबक्ता प्रेमनाथ ठाकुरले बताए ।

उनले काठमाण्डौमा देखिएको भुटान जाने र पहाडी जिल्लामा देखिएको धेरैजसो भारतीय रुट भएकाले त्रसित हुनुपर्ने अवस्था नभएको बताए । आकाशमा जेट विमानको आवतजावत समान्य भएको बताउँदै यसले नेपालको सुरक्षामा कुनै असर नगर्ने ठाकुरको भनाई छ । म्याग्दीमा देखिने जेट विमान भकिम्ली र सिंगा आसापासको क्षेत्रबाट बरंजाको माथिबाट गएको देखिन्छ ।

भारतसंग सिमा जोडिएका क्षेत्रहरु भएकाले पनि जेट विमानको बादल माथिबाट हुने भएकाले पनि लामो समयसम्म रेखा देखिने जानकारहरु बताउँछन् ।केही बर्ष अगाडी रातको समयमा आगोको मुस्लो फा्रल्दै आकाश समेत देखिने गरेको थियो । रातको समयमा आगो फाल्दै आवतजावत गर्ने भारतीय वा चिनियाँ फाइटर विमान भएको भन्दै हल्ला गरिएपनि त्यसका बारेमा गृहमन्त्रालयबाट समेत फाइटर विमान नभएको दावी गदैं आइरहेको थियो ।