म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दुई दृष्टिविहिन विद्यार्थीलाई शैक्षिक साम्रागीको अभाव भएपछि एक दम्पत्तीले आर्थिक सहयोग गरेका छन् । विएड दोस्रो बर्षमा अध्ययरत दृष्टिविहिन विद्यार्थी गोपाल खत्री र विएड प्रथम बर्षमा अध्ययरत धनमायाँ विकलाई आवश्यक आवश्यक पर्ने शैक्षिक साम्रागीको अभाव भएको समाचार बेनीअनलाइनमा प्रकाशित भएपछि बेनी नगरपालिका २ गौश्वरा भएका मिलन खड्का र रेस्मा बराईलीले ५ हजार सहयोग गरेका हुन् ।

‘दृष्टिविहिनको पढाईमा कुनै समस्या हुन नदिन सबैको सहयोगको आवश्यकता छ ।आगामी दिनमा पनि सकेको सहयोग गर्नेछौ’ खड्काले भने। क्याम्पसमा स्नातक तहमा अध्ययरत विद्यार्थीलाई पुस्तकालयमा आवश्यक पर्ने शैक्षिक साम्रागीको अभावका साथै कम्यूटरको सहायताबाट समेत अध्ययन गर्न मिल्ने साम्रागी नहुदाँ पठनपाठनमा समस्या भइरहेको छ ।

आर्थिक अवस्था कमजोर र परिवारको असहयोगका कारण उच्च शिक्षा अध्ययनबाट बन्चित भएकी विक केही महिना अगाडी मात्रै क्याम्पसमा भर्ना भएकी थिईन् । उनको बारेमा बेनीअनलाइनले समाचार प्रकाशित गरेपछि आर्थिक संकलन भएको थियो ।चारबर्षसम्म दुवै विद्यार्थीलाई क्याम्पस, आवासीय सुविधा प्रयाप्त भएपनि शैक्षिक साम्रागीको अभाव रहेको क्याम्पसले जनाएको छ ।कक्षाकोठामा अडियो साम्रागीको आवश्यकता देखिएको छ ।

क्याम्पसमा जिल्लाभित्र रहेका पढाईबाट बन्चित भएका दृष्टिविहिनलाई समेत अध्ययन गर्ने वातावरण बनाउनुपर्ने सहायक क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताए । उनले आर्थिक संकलनबाट बोल्न कम्प्युटर, बे्रल लिपी, स्टेशनरी, अडियो पुस्तकहरू, ब्रेल पेन सहित पाठ्यक्रम खरिद गरिने बताए ।

यसअगाडी खत्रीलाई चारबर्षसम्म न्यु धौलागिरि सहकारी र विकलाई बेनी नगरपालिका–७ न्यूरोड निवासी समाजसेवी लिला बहादुर बानियाँले चारबर्षे स्नातक तहको पढाईसम्मको अध्ययनका लागी दुई लाख ४० हजार, म्याग्दी बहुमुखी क्याम्पसले पूर्ण छात्रबृत्ती, विहान बेलुकीको खाना बाहेक आवास सुविधा निशुल्क उपलब्ध छ ।

सहयोग गर्न चाहने महानुभावले म्याग्दी क्याम्पसको ०६९-५२०१०९,०६९–५२०६०९ मा सम्पर्क गर्नुहोला ।