विद्यालयमा स्थापना गरिएको पुस्तकालय विद्यार्थीको शैक्षिक गतिविधिमा बरदान सावित भएको शुक्रबार म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । विद्यालयले उपलब्ध गराएको पुस्तकमा सिमित विद्यार्थीलाई पुस्तकालयको स्थापना भएपछि विभिन्न किसिमका पुस्तकको पहुँचले अध्ययन प्रतिको रुची बढ्नुका साथै शैक्षिक गुणस्तर सुमेत बढेका कार्यक्रमका सहभागिको भनाई थियो ।

रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङ मार्फत चारबर्ष अगाडी विद्यालयमा स्थापना भएको पुस्तकालयको चारबर्षे समिक्षा कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष चन्द्र बहादुर घिमिरे, जिल्ला शिक्षा कार्यालयका इन्जिनियर श्रीकृष्ण खनालले पुस्तकालयको महत्वका बारेमा बताउनुभएको थियो ।

कार्यक्रममा विद्यालय पुस्तकालय कार्यक्रम संयोजक हरिकृष्ण गौतमले नियमित पुस्तकालयको प्रयोग गर्ने विद्यार्थी पढाईमा समेत अब्बल रहेको बताउनुभयो ।म्याग्दी जिल्लाका ९९ सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरी विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि सहित साक्षर समाज बनाउने अभियानमा सहयोगी भुमिका निर्वाह गरेको बताउँदै आगामी दिनमा समेत रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अर्जुन मावि श्रोतकेन्द्रका श्रोतब्यक्ति दुर्गाराम सुबेदीले सामुदायिक विद्यालयमा स्थापना भएका पुस्तकालयको नियमित प्रयोगले बार्षिक परिक्षामा समेत उत्र्तिणा प्रतिशतमा सुधार आएको बताउनुभयो । समिक्षा तथा अभिभावक भेलाका प्रमुख अतिथि बेनपा २ का वडा अध्यक्ष हिरा बहादुर थापाले विपन्न परिवारका बालबालिकालाई घरमा पढ्ने वातावरण नहुदाँ नियमित पुस्तकालयको प्रयोगले शैक्षिक गतिविधिमा सघाउ पुगेको बताउनुभयो ।

उहाँले पुस्तकालय बिनाको विद्यालयको कल्पना समेत गर्न नसकिने बताउँदै आगामी दिनमा समेत पुस्तकालयलाई नियमित सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा एकबर्षसम्म सबैभन्दा धेरै पुस्तक पढ्ने कक्षा ४ की विनसा बुढाथोकी र कक्षा ५ की विरना कार्कीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा शिक्षक अभिभावक संघकी रिचा कार्की, प्रगति आमा समुहकी अध्यक्ष तिल कुमारी कार्की लगाएत अभिभाव र स्थानीयबासीको सहभागिता रहेको थियो । विब्यस अध्यक्ष नारायण कार्कीको अध्यक्षता, प्रधानध्यापक प्रेम बहादुर कार्कीको स्वागत तथा प्रगति प्रतिबेद र पुस्तकालय शिक्षक याम बहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय प्रगति आमा समुहले स्वागत तथा सम्मान गरेको थियो ।