बेनीमा लागुऔषध विक्री गर्ने एक यूवा पक्राउ

0
452

प्रहरीले एक यूवालाई लागु औषध सहित पक्राउ गरेको छ । बेनी नगरपालिका ७ संगमचोकमा बेनपा–८ पिपलचोक बस्ने २२ बर्षिय एक यूवालाई लागु औषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । विषेश सुराकीको आधारमा निगरानी गरेको प्रहरीले रातो रंगको फाईबरको झोलाभित्र फेनरागन सिसि पिस ४५ थान, डाईजापाम ३७ थान, नुर्फिन ४७ थान फेला पारेको जनाएको छ ।

पक्राउ परेका यूवाबाट थप कारोबारी र प्रयोगकर्ता बारेमा अनुसन्धान भइरकाले नाम सार्वजनिक नगरिको प्रहरीको भनाई छ ।बेनीबजार भित्रबाटै लागुऔषध प्रयोगकर्तालाई विक्रीका लागि ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेपछि थप निगरानी बढाएको छ ।

नियन्त्रणमा लिएका यूवालाई लागुऔषध ऐन अन्र्तरगत मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ । म्याग्दीमा पछिल्लो समय लागु औषधको प्रयोगकर्ता बढेसंगै छिमेकी जिल्ला हुदै लागु औषधका कारोबारी भित्रिने गरेको बताइन्छ ।

गतबर्ष समेत रुपन्देशी खैरेनी–४ बस्ने १८ बर्षिय अजय शेन्चुरी,२० बर्षिय राजु राना र कास्की जिल्ला पोखरा उप महानगरपालिका–१५ का २१ बर्षिय सोनम घतानेबाट डाईजेपाम ७, एम्पुल, फेनोरागन ७ एम्पुल, टाइजेसिक ७ गरी २१ एम्पुल, ५ मि. लिको निडिल सिरिङ्ज ३ थान र नगद ६ हजार सहित अपराधजन्य गतिविधिमा प्रयोग भएका ३ थान मोवाईल फmेला परेको थियो ।

त्यस्तै पोखराबाट बेनीमा रहेका लागुऔषधका दुब्र्यसनीहरूलाई लक्षित गरेर ल्याइएको औषध, गाँजा सहित कास्की उप महानगरपालिका–६ का मनिष अधिकारी, पर्वत आर्थरडाँडा–५ कृष्ण रानालाई डाईजापाम इन्जेक्सन २९ थान, ईन्जेक्सन २८ थान,५ ग्राम गाँजा सहित कालिपुल बसपार्कबाट पक्राउ गरिएको थियो । पर्वतबेनी हुदै म्याग्दी र मु्स्ताङ जाने कालिपुल बसपार्कमा लागुऔषधका कारोबारी, भरियाहरु पक्राउ पर्न थालेपछि प्रहरीले कडा निगरानी गदै आइरहेको छ ।