क्षत्री समाज नेपाल म्याग्दीको १२औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा बीर बहादुर थापा क्षत्री निर्विरोध अध्यक्षमा चयन भएका छन् । समाजको प्रथम उपाध्यक्षमा अमृता भण्डारी, द्धितिय उपाध्यक्ष कृष्णसिङ बानियाँ, महिला उपाध्यक्ष लक्ष्मी केसी, सचिव देबेन्द्र बहादुर घिमिरे, सहसचिव हिम बहादुर भण्डारी, कोषाध्यक्ष बाल बहादुर महत रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा धनदेवी भण्डारी, लक्ष्मी भण्डारी कार्की, थुमा खड्का, भावना पौडेल,सर्मिला थापा,पवित्रा केसी, भिम कुमारी भण्डारी, सावित्री बानियाँ, हरेकृष्ण केसी, राम बहादुर केसी क्षेत्री, हिरा बहादुर कटुवाल क्षत्री, याम बहादुर कार्की, देउकुमारी बानियाँ, मना भण्डारी बानियाँ, गोपाल कार्की र मान बहादुर खत्री रहेका छन् ।बेनी नगरपालिका–३ भकिम्लीको मरेकका थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष हुन् ।

राजनीतिक संगै सामाजिक तथा कृषि पेशामा समेत आवद्ध छन् । अध्यक्षमा सर्वसम्मतिले चयन भएपछि थापाले जिल्लामा रहेका जातीय संघसंस्था बीचको सम्बन्धलाई बलियो बनाउने बताए । उनले क्षत्री समुदायका समस्यालाई समाधान तथा संस्थागत विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए ।‘राष्ट्रिय अखण्डता र जातिय सद्भावका निम्ती क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूल नारा सहित शनिबार सम्पन्न भएको अधिवेशनको उद्घाटनको अवसरमा समाजका केन्द्रीय अध्यक्ष प्राध्यापक डा. चन्द्रबहादुर थापा,निवर्तमान अध्यक्ष प्राध्यापक डा. दिलबहादुर क्षत्री,सल्लाहकार समुन्द्र गोदार क्षत्री, क्षत्री समाज म्याग्दीका निवर्तमान अध्यक्ष क्या. मिनबहादुर कार्की र प्रदेशसभाका सांसद विनोद केसी लगाएतले बोलेका थिए ।