भू–क्षय न्युनीकरण गर्न प्राकृतिक प्रकोप व्यवस्थापन तालिम

0

जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा आइतबार प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । ‘प्राकृतिक प्रकोप बिगुल बजाएर आउँदैन तसर्थ बेलैमा सचेत र सुरक्षित होऔं’ भन्ने मूल नारासहित तालिम सञ्चालन गरिएको हो ।

तीन दिनसम्म चलेको तालिममा प्राकृतिक प्रकोप के हो, जिल्ला भू–संरक्षण कार्यालयको परिचय, सरकारी कार्यालयले प्रकोप व्यवस्थापनमा खेल्ने भूमिका, विद्यमान ऐननियम, प्राकृतिक प्रकोपपछि फैलन सक्ने महामारी, आगोलागी, डढेलो, प्रकोपको व्यवस्थापन लगायतका विषयहरुमा सहजीकरण गरिएको थियो ।

तालिमको जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेल, जिल्ला वन अधिकृत माधवप्रसाद देव, प्रहरी निरीक्षक सन्तोष रोका र जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्यले सहजीकरण गरेका थिए ।

यसैबीच तालिम समापनको अवसरमा आज बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित शान्ति सामुदायिक वन क्षेत्रमा पर्ने सडक पाखो छेउमा प्राकृतिक प्रकोप व्यवस्थापनका लागि कम खर्चिलो भू–संरक्षणसम्बन्धी प्रविधिको प्रयोगात्मक अभ्यास गरिएको छ । स्थानीयस्तरमा उपलब्ध सामाग्रीको प्रयोग गरी पहिरो प्रभावित ठाउँमा बाँध बाँधिएको जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।

उक्त ठाउँमा सर्ने प्रजातिका सिमल, सजीवन जस्ता रुख बिरुवाहरुको हाङ्गा काटेर रोपिएको छ भने टेलिसेट, ब्रसलेयरिङ गरी बाँसको बाँध समेत निर्माण गरिएको छ । स्थानीयस्तरमा उपलब्ध सामाग्रीको प्रयोगमा पहिरो नियन्त्रण, प्रकोप न्युनीकरण गर्ने र भू–क्षय रोकथाममा टेवा पु¥याउनका लागि कम खर्चिलो प्रविधि अपनाइएको भू–संरक्षण अधिकृत पौडेलको भनाई छ ।

तालिममा पहिरो प्रभावित क्षेत्र पुलाचौर, पात्लेखेत, मुना, मुदी, लुलाङ, ओखरबोट, निस्कोट र बेगखोला गरी २९ जनाको सहभागिता रहेको थियो । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीका ४५ ओटै वडाहरु भू–क्षय र बाढी पहिरोको चपेटामा रहेका छनभन् तीमध्ये ओखरबोट, चिप्लेटी, पात्लेखेत, निस्कोट, भकिम्ली, बेगखोला, पाखापानी लगायतका क्षेत्रहरु पहिरोको उच्च जोखिममा छन् ।