म्याग्दीको सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रaतियोगितामा गत बर्षका बिजेता र उपबिजेता माउण्ट एभेरेष्ट र न्यू वेष्ट प्वाइन्ट आवसीय मावि फाईनल प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाईनल खेलमा बुद्ध एकेडेमिलाई पराजीत गर्दै माउण्ट र केवी एकेडेमिलाई पराजीत गर्दै न्यू वेष्ट प्वाइन्ट फाईनलमा प्रवेश गरेका हुन् ।

बेनी स्थीत खुला मञ्चमा भएको खेलमा बुद्ध एकेडेमिलाई शुन्यका विरुद्ध ५ गोल गर्दै माउण्ट एभरेष्ट र केवी एकेडेमी दरबाङलाई १ का विरुद्ध ११ गोलको फराकिलो जित निकाल्दै न्यू वेष्ट प्वाइन्ट फाईनल प्रवेश गरेका हुन । बिगतमा तीन पटक सम्म फाईनलमा भिडेका यि दुई विद्यालय बिच हुने फाईनल खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

माउण्ट एभरेष्ट जेसीज कप फुटवलमा यस अघि चार पटक फाईनलमा पुगेर चारै पटक बिजेता बन्न सफल भएको छ भने न्यू वेष्ट प्वाइन्टले १० पटक सम्म फाइनल यात्रा तय गरि १ पटक बिजेता र ९ पटक उपबिजेता बन्न सफल भएको छ । भोली भने ९ पटक उपभिजेता रहेको प्वाईन्टले यस पटक माउण्टलाई बिगत तिन बर्ष सम्म व्यहोरेको हारको बदला लिने रणनितिका साथ खेलाडी मैदानमा ल्याउने देखिएको छ । भने माउण्टले बिगतको जस्तै जित आफ्नो हातमा पार्ने रणनितिका साथ मैदानमा जानेछ ।

खेलमा प्रथम हुने विद्यालयलाई नगद रु ३४ हजार, रनिङ शिल्ड, कप, ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुनेलाई नगद रु १७ हजारको साथमा कप, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, म्यान अफ द म्याच घोषित हुने व्यक्तिहरुलाई समेत पुरस्कृत गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष नारायणकुमार बरालले जानकारी दिए ।