बेनी समाज काठामाडौंको आइतबार सम्पन्न चौथो साधारणसभाले यामबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा सरोजकुमार श्रेष्ठ, महासचिवमा प्रदीपकुमार श्रेष्ठ, सचिवमा अजनवी जोशी र कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ चयन भएका छन् ।

समाजकोकार्यसमिति सदस्यहरुमा विश्व शेरचन, सुरेन्द्रराज जोशी, सीता छन्त्याल, तारा जोशी, जानकी गिरी, प्रेमदत्त उपाध्याय, गोविन्द सुवेदी, मनबहादुर रोका, डम्बरबहादुर शाक्य र तीर्थसिङ विक रहेका छन् । कार्यक्रम बेनी समाजका सल्लाहकार ईश्वरी कर्माचार्यको प्रमुख आतिथ्य र पूर्व सांसद रेशमबहादुर बानियाँको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस म्याग्दीका महाधिवेशन प्रतिनिधि नेत्रबहादुर महत तथा डा. कृष्णबाबु जोशी र नेपाल महिला संघ म्याग्दीका सभापति विमला गौचनले मन्तव्य राखेका थिए । कार्यक्रम बेनी समाजका उपाध्यक्ष यामबहादुर श्रेष्ठको अध्यक्षता, महासचिव प्रदीपकुमार श्रेष्ठको सञ्चालन र सदस्य वृन्दा श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।