म्याग्दीमा टिम्मुरको उत्पादन घट्यो

0

बेनी नगरपालिका–९ तोरिपानीबाट यसबर्ष टिम्मुरको उत्पादन घटेको छ । फुल फुलेर फल लाग्ने समयमा पानी र असिनाले क्षती पु¥याएपछि करिव १५ मुरी टिम्मुर निकासी भएको छ । स्वदेश तथा विदेशबाट भएको टिम्बुरको मागभन्दा आधा उत्पादन नभएपछि कृषक निराश भएका छन् ।

OLYMPUS DIGITAL CAMERA

अन्य अन्नबाली छोडेर खेतबारी, घरआगन,निजी तथा सामुदायिक बनमा समेत टिम्मुर खेती गरेका असिनाले बोट नै रित्तो बनाइदिएपछि माग अनुसार निर्यात गर्न नसकिएको भुमेसिद्ध टिम्मुर कृषक समुहका अध्यक्ष सागर बानियाँले बताए ।‘असिनापानीले कृषकको मेहनत खेर गयो, विदेशबाट आएको अडर समेत पु¥याउन सकिएन’ बानियाँले भने ।

उनले गतबर्ष २ हजार केजी अर्थात करिव ३२ लाखको टिम्मुर विक्री गरिएको भएपनि यसबर्ष उत्पादनमा करिव १० प्रतिशतले थप बढ्ने अनुमान गरिएको बताउँदै टिम्मुरको फुल खेल्ने र बटिला लाग्ने समय जेठ, असार र साउन महिनामा अत्याधिक बर्षा हुनुका साथै भारी असिनाले उत्पादनमा गिरावट आएपछि प्रतिकेजी १६ सय देखी २ हजारसम्म गाउँबाटै विक्री भएको बताए । यसबर्ष मुस्ताङबाट १५ सय केजी र यूरोपबाट ४ सय केजी अडर आएको थियो ।

आधा दशक अगाडीसम्म कौडीको मुल्यमा विक्री हुने टिम्मुरको स्वदेश तथा विदेशबाट अत्याधिक माग हुन थालेपछि टिम्मुर खेतीमा आर्कषित भएका तोरिपानीमा एकल तथा सामुहिक प्रयासमा हरेक बर्ष विरुवाको विस्तारका साथै उत्पादन हुने गरेको छ । जिल्लामा सबैभन्दा धेरै टिम्मुर उत्पादन हुने गाउँको रुपमा समेत चिनिएको तोरिपानीका कृषकले असोज र कात्तिक महिनामा टिम्मुरको फल टिप्ने गरेपनि यसबर्ष उत्पादनमा कमी आएपछि मंसिर महिनासम्म खेतबारी देखी जंगलसम्म टिम्मुर टिपेका थिए ।

गाउँमा फलेको टिम्मुर स्वादिलो हुने भएकाले पनि ब्यापारी मुल्यमा बार्गेनिङ गर्न गाउँमै पुग्ने गरेका छन् ।गाउँका अगुवा कृषकले प्रतिकेजी १६ सय रुपैयाँका खरिद गर्ने निर्णय गरेपनि बाहिरबाट गएका ब्यापारीले प्रतिकेजीमै २ हजार दिएपछि लुकिछिपी समेत विक्री भएको अगुवा कृषकको भनाई छ । गाउँमा १९ वटा समुह गठन गरी टिम्मुर खेती विस्तार भइरहेको छ । सामुदायिक बनमा रहेको टिम्मुर आर्थिक अवस्था कमजोर भएका र एकल महिलाले सङ्कलन गरेर विक्री गर्ने गरेका छन्। करिव १ सय ५० घरधुरीले टिम्मुर खेती गरेको अगुवा कृषक गुमानसिंह बानियाँले बताए ।‘खेतबारीमा टिम्मुरको उत्पादन घटेपछि बनजंगलबाट समेत टिपेर विक्री गरे ।

एकल महिला र विपन्नलाई बनजंगलमा फलेको टिम्मुर टिप्न छुट गरिएको छ’ उनले भने ।बार्षिक टिम्मुरको विरुवा विक्री समेत गर्ने गरेका बानियाँले अनुकुल मौसम भएमा गाउँबाट माग अनुसारको निकासीमा कुनै समस्या नभएको बताए । गाउँबाट बार्षिक ६ हजारको हाराहारीमा विरूवा समेत जिल्ला बाहिर विक्री हुने गरेको छ । एक कृषकले ६ केजी देखी माथि उत्पादन गर्दै आइरहेका छन् । जिल्ला बन कार्यालय, म्याग्दी उद्योग वाणिज्य संघ लगाएतका संघसंस्थाको पहलमा प्राविधिक तालिम लिएर स्थापना गरिएको नर्सरीबाट २५ रुपैयाँमा प्रति विरूवा विक्री हुने गरेको छ ।

गाउँमा सागर बानियाँ, गुमानसिंह बानियाँ, नर बहादुर राई, चिन बहादुर नेपाली, बेलमति विक, श्याम बहादुर खड्का धेरै टिम्मुर विक्री गर्ने कृषकमा पर्छन् । टिम्मुर खेतीलाई प्रोत्साहन गर्न म्याग्दी उद्योग वाणिज्य संघले समेत विभिन्न किसिमका औजार सहित तालिम समेत सहयोग गर्ने गरेको छ । संघले एक गाउँ एक उत्पादन अन्र्तरगत तोरीपानि सहित विभिन्न गाउँमा १९ हजार ५ सय विरुवा सहित प्राविधिक सहयोग गरेको द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताए ।

‘बजारको खोजीमा समेत सहयोग गरेका छौ, टिम्मुरको बजार फराकिलो भएको छ’ शाक्यले भने । उनले वाणिज्य मन्त्रालय अन्र्तरगत रहेको ब्यापार तथा निकासी प्रर्वधन केन्द्रसंग समेत सहकार्य गरी विरुवा सहयोगका साथै निकासीमा सघाउन गाउँमै कार्यक्रम समेत गरिएको बताए ।दुईबर्ष अगाडी देविभक्त रिजालको एउटै बोटबाट १८ केजी टिम्मुर उत्पादन भएको थियो ।एउटै बोटबाट रिजालले ३० हजार आम्दानी गरेपछि गाउँलेले प्रमुख आम्दानीको माध्यम टिम्मुर बनाउने गरी खेती विस्तार गरेका छन् ।

यसैबीच जिल्लामा पहिलोपटक कृषकले टिम्मुरको प्रसोधन गर्ने औजार समेत ल्याएका छन् । तोरिपानीका निलपहरा सामुदायिक बन उपभोक्ता समुहले टिम्मुर सुकाउने, प्रसोधन, तौलने, मसला बनाउने औजारको प्रयोग गर्न बन कार्यालयको १० लाख अनुदानमा औजार खरिद गरेको समुहको भनाई छ ।प्रसोधन औजारको प्रयोग संगै गाउँमै मसला बनाई बजारमा विक्री गर्न,मिसावट रोक्न, गाउँकै ब्राण्डलाई स्थापित गर्न, धेरै मुल्य पार्न सहज भएको कृषक समुहले जनाएको छ । म्याग्दी महोत्सवमा समेत टिम्मुरको स्टलमा राखेर विक्री गर्ने गरी औजारबाट मसला बनाउन कृषक जुटेका छन् ।

टिम्मुर टिप्ने औजार देखी प्रसोधन मेसिन समेत गाउँमै पुगेपछि जोखिम मोलेर टिप्ने क्रममा रुखकको हाँगोनै काट्नुपर्ने अवस्थाको अन्त्य भएको जिल्ला बन कार्यालयले समेत प्राविधिक सहयोग बढाएको सहायक बन अधिकृत एवम् टिम्बुर विज्ञ चन्द्रमणी सापकोटाले बताए । उनले आधुनिक औजारको प्रयोगले उत्पादन बढ्नुका साथै समय ब्यवस्थापन भएको बताए ।

उनका अनुसार बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि गाउँपालिकमा टिम्मुर खेतीको सम्भावना रहेको बताए । टिम्मुर कृषकलाई उपयोगी हुने पुस्तक समेत बजारमा ल्याएका सापकोटाले जिल्लामा बार्षिक करिव ३ हजार केजी टिम्मुर उत्पादनको सम्भावना रहेको बताए । उनले म्याग्दीको टिम्मुरको बजार एशियाली र यूरोपेली मुलुकमा अत्याधिम माग रहेको बताए ।