म्याग्दी महोत्सवको प्रमुख अतिथि प्रचण्ड

0
302

यही पुष २८ गते देखी माघ ७ गतेसम्म सञ्चालन हुने छैटौैं म्याग्दी महोत्सव,माघे संक्रान्ति मेला एवम् ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक ब्यापार मेलाको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने भएका छन् । महोत्सवको उद्घाटनका लागि ‘प्रचण्ड’ आउने निश्चित भएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

जिल्लामा पार्टीको कार्यक्रममा आएका प्रचण्ड पहिलोपटक सार्वजनिक कार्यक्रमको उद्घाटनका लागि आउँदैछन् । आयोजकले माओवादी केन्द्रका जिल्ला कमिटी, प्रदेश सांसद विनोद केसी लगाएत प्रचण्डको निजी सचिवालयमा सम्पर्क गरी अतिथिको टुंगो लगाएका थिए ।महोत्सवमा राष्ट्रपतिलाई समेत ल्याउने चर्चा चलेपछि राजनीतिक भेटघाट लगाएतका कारणले समय ब्यवस्थापन गर्न नसकिएको राष्ट्रपतिको कार्यालयले जनाएको थियो ।

प्रमुख अतिथिको निश्चित भएपछि महोत्सवको अन्य ब्यवस्थापन तथा तयारीमा सहज भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताए । जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक महत्वको प्रचारप्रसार तथा लगानीमैत्री वातावरण बनाउन आयोजित महोत्सवमा हालसम्म करिव ४० लाख आर्थिकको प्रतिबद्धता आएको द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताए । महोत्सवको प्रचारप्रसार, आर्थिक संकलन लगाएतका कार्य तिब्रताका साथ अगाडी बढाइएको छ ।

उद्योग, ब्यापार र कलाको विकास गरौं,संस्कृतिको संरक्षण गदैं पर्यटन प्रर्वद्धन गरौं’ भन्ने मुल नाराका साथ सञ्चालन हुने महोत्सवमा१ लाख ५० हजार आन्तरिक पर्यटक भित्राउने लक्ष्य राखिएको छ । विभिन्न उपसमिति मार्फत महोत्सवको आर्थिक, प्रचारप्रसार लगाएतको तयारी तिब्र पारिएको महासचिव लिलाराम गौतमले बताए ।

हरेक तीनबर्षमा आयोजना हुने महोत्सवमा स्थानिय तथा आयातीत साम्रागीको विक्री वितरण, फोटो प्रर्दशनी, जिल्लाका विभिन्न ग्रामिण क्षेत्रमा उत्पादिन कृषिजन्य, हस्तकला लगाएतका साम्रागीको विक्री वितरण प्रमुख आर्कषणको रुपमा लिइएको छ । महोत्सवमा १ लाख ५० हजार आन्तरिक पर्यटकका साथै ६ करोडको कारोबार गर्ने लक्ष्य रहेको छ ।