असारभित्र भूकम्प पीडितलाई नयाँ घर : भुषाल

0
????????????????????????????????????

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले पुननिर्माणको अभियानमा कमजोरी भएको स्वीकार गदैं आगामी बर्खा भित्र सम्पूर्ण भुकम्प पीडितले नयाँ घर पाउने बताए ।

भूकम्पबाट प्रभावित भएकाहरुको निजि आवास पुननिर्माण सम्बन्धी विहिवार बेनीमा आयोजित सरोकारवालाबिचको अन्र्तक्रिया कार्यक्रममा बोल्दै भुषालले भूकम्प गएको लामो समयसम्म पनि प्राविधिकलाई कार्यक्षेत्रमा पु¥याउन नसक्नु, बैंकले सेवा प्रवाहमा सहज भूमिका खेल्न नसक्नु लगाएतका कमजोरी भएको बताउँदै अव पुननिर्माणको कार्यलाई तिब्रता दिनुपर्ने बताएका थिए ।

भूकम्प प्रभावित हरेक स्थानीय तहमा प्राबिधिकलाई स्थानीय तहमा परिचालन गरिसकिएको बताउँदै पुननिर्माणलाई तिब्रता दिने कार्यमा सघाउन स्थानीय जनप्रतिनिधिहरुलाई समेत अनुरोध गरे ।‘असार भित्र भूकम्प पीडितलाई घरमा सार्नुपर्ने छ । समस्यालाई तत्काल समाधान गर्ने गरी संयन्त्र बनाइएको छ’ उनले भने ।

टहराबाट घरमा सार्न डकर्मी अभावको समस्या समाधानका लागि डकर्मी तालीम सञ्चालन गर्न लागिएको बताउँदै असार भित्र भुकम्प पीडितले नयाँ घर पाउने बताए । प्राधिकरणले भूकम्पबाट प्रभावित निजी आवास संगै सामुदायिक विद्यालय, ऐतिहाँसिक तथा धार्मिक सम्पदाको समेत तिब्र गतिमा पूननिर्माणको अभियान अगाडी बढाएको भुषालको भनाई छ । ‘समस्या नै समस्या थियो, अव कार्यविधिबाट धेरै बाधाहरु ह्टाइएको छ’ भुषालले भने ।

उनले प्राधिकरणसंगै जनप्रतिनिधिको समेत जिम्मेबारी भएको बताउँदै पूननिर्माण अभियानमा रचनात्मक भूमिकाको अपेक्षा गरिएको बताए । समस्यालाई समाधान गर्ने आफ्नो कार्यकाल केन्द्रित भएको बताउँदै भुषालले भूकम्प पीडितलाई राज्यबाट उपलब्ध हुने सेवा प्रवाहमा देखिएको गुनासो समाधानमा केन्द्रित भएको समेत बताए ।

उनले प्राविधिकका बारेमा आइरहेको गुनासोलाई समेत जिल्ला समन्वय समितिबाटै समाधान गरिने बताए । अन्र्तरक्रिया कार्यक्रममको अवसरमा म्याग्दीमा ८६८ पीडित मध्ये अझै २२३ संग अनुदान सम्झौता गर्न बाँकी रहेको जानकारी गराइएको थियो । अनुदान सम्झौता गरेका ६४५ मध्य ६०० जनालाई अनुदानको पहिलो किस्ता वापतको पचास हजार रुपैयाका दरले उपलब्ध गराइएको र कार्य प्रगती अुनसार थप रकम समेत उपलब्ध गराईने प्राधिकरणले जनाएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रबत्ता यमलाल भुषालले पुननिर्माण अभियान सरकारको प्राथमिकतामा रहेकाले काम गर्न सजिलो भएको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, उप–प्रमुख सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ, जिससका पुननिर्माण आयोजनाका सम्पर्कव्यक्ति पदम भण्डारी, कोष तथा लेखा नियन्त्रकको कार्यालयका निमित्त प्रमुख नारायण सुवेदी लगायतको उपस्थिती रहेको थियो । तस्वीर सौजन्य कमल खत्री