डा.राजेन्द्र के.सी

सामान्य र स्वस्थ आँखाले विना कुनै दुखाई टाढा एवम् नजिकको वस्तु स्पष्ट हेर्न वा देख्न सक्दछ । कुनै व्यक्ति जसको आँखा सामान्य छ्रैन उसले टाढाको बस्तु धमिलो देख्न सक्दछ । टाढाको बस्तु हेर्न आँखाका परेलाहरु च्यातेर हेर्नुहुन्न यदि यसो गरेमा आँखा दुख्छ । कुनै बस्तुलाई हेरिरहँदा पनि आँखा दुख्छ । सामान्य आँखा दिनभर निरन्तर घुमिरहन्छ । यसले आफ्नो फोकस एक ठाउँबाट अर्कोतर्फ हेर्दा परिवर्तन गरिरहन्छ । अर्कोतर्फ असामान्य आँखा नजिकको बस्तु हेर्दा स्थिर हुन्छ । त्यसैले आखाँ चलायमान हुन आवश्यक ठानिन्छ । कुनै पनि सिंगो बस्तुलाई पूर्णरुपमा हेर्नुभन्दा त्यसको कुनै भागलाई पहिले हेर्ने र त्यसपछि विस्तारै सिंगो बस्तुलाई हेर्नुपछ । सबै आँखालाई आराम प्रदान गर्नुपर्छ ।

यो जान्न हामीले  पढ्दा, लेख्दा, सिउँद, बुन्दा, टि.भी. वा सिनेमा हेर्दा हाम्रो आँखालाई कसरी प्रयोग गर्नुपर्छ ।

१. झिम्क्याउने
निरन्तररुपमा आँखा झिम्काउन सिक्नुपर्छ । शुरुवातमा यो सचेत रहेर गर्नुपर्छ । पछि गएर यो बानी बन्ने हुन्छ । एक हरफ पढ्दा दुईपटक जति आँखा झिम्काउनु पर्ने हुन्छ । आँखा झिम्काउँदा आँखालाई आराम हुन्छ । कुनै काम गर्दा आँखा झिम्काउनाले काममा बाधा पुग्दैन किनभने आँखाका परेलीहरु नजोडिएजस्तो लाग्छ ।

२. पढाइ र लेखाइ
पढ्दा वा लेख्दा किताबलाई आँखाको धेरै नजिक राख्नुहुनन । आँखा र कितावको दूरी लगभग १२ इन्च जति कायम गर्नुपर्छ । एक घन्टाजतिको निरन्तर पढाएपछि आँखालाई आराम दिनुपर्छ । आँखालाई बन्द गरेर वा आँखामा सफा चिसो पानी छयापेर आराम दिन सकन्छि । यद्यपि, दुबै हत्केलाले आँखालाई ढाक्नु सबैभन्दा उत्तम मानिन्छ ।

३. यात्रा गर्दा पढाइ
गुडिरहेको गाडीमा पढ्ने बानीलाई हटाउनुपर्छ पढिहाल्ने भए पनि बाहिरपट्टी पछाडि गइरहेका/छोडिएका बस्तुलाई हेर्ने क्रम निरन्तर गर्नाले आँखालाई आराम पुग्न जान्छ ।

४. रातमा पढाइ
एकदमै चम्किलो प्रकाशमा पढ्नु हुँदैन । टेबल–ल्याम्पको सहायताले पढ्दा बत्तिको उन्यालो सिधा कितावमा पर्नुहुन्न । सिधा र प्रत्यक्ष प्रकाश कितावको अलि छेउमा पर्नुपर्छ । धमिलो प्रकाशमा पनि पढ्नुहदैन । ट्युबलाइट विद्युतिय बल्बको तुलनामा पढ्नको लागि राम्रो मानिन्छ ।

५. सिनेमा टि.भीः
सिनेमा तथा टेलिभिजन कम हेर्नुपर्छ । १२ वर्षमुनिका केटाकेटीमा आँखा सम्बन्धी इतरदोष बढ्ने सम्भावना बढी हुने हँुदा यो उमेरमा धेरै टि.भी, सिनेमा हेर्न दिनुहुँदैन ।

सिनेमा टी.भी हेर्दा टाउको अलि पछाडी लगी आरामले हेर्नुपर्छ । चिउँडो अलिकति उठाउनुपर्छ ताकि माथिल्लो परेला आधा बन्द जस्तो रहोस् । निरन्तर परेला झिम्काउन बिसर्नु हुँदैन । आँखालाई आराम दिई चलाइरहनुपर्छ ।

६. सिलाइ–बुनाइ
सिउँदा वा बुन्दा सियोको चालसँगै आँखा पनि घुमाउनुपर्छ । एउटै ठाउँमा केन्द्रित नभई आँखालाई चारैतिर घुमाउनुपर्छ ।

७. चस्मा
अत्यन्त चक्किलो प्रकाशमा सस्तो र गुणस्तरहीन चस्मा लगाउनुहुन्न किनभने यसले आँखालर्य असर पु¥याउँछ । राम्रो गुणस्तरको चस्मा मात्र प्रयाृेग गर्नुपर्ने हुन्छ ।

निरन्तरको चस्मा लगाइ आँखाको लागी हानिकारक हुन्छ । आँखाको लागि प्राकृतिक प्रकाश आवश्यक र लाभदायक हुन्छ । दिन–रात चस्मा लगाउनु आँखाको लागि हानिकारक मानिन्छ । त्यसबाहेक आँखाको सहन शक्ति पनि घट्न जान्छ । कमजोर आँखा विभिन्न रोगहरुको शिकार बन्दछ । यस्तो आँखामा प्रकाश प्रति संबेदनशील र सुख्खा हुन्छ ।