म्याग्दीको सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा खानेपानी वितरण गदै आइरहेको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १८ औ साधारण सभाबाट पुनः सुवास कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा माधवप्रसाद रेग्मी, सचिव रमेश गिरी, कोषाध्यक्ष टंक हमाल निर्विरोध चयन भएका छन् । त्यसैगरी सदस्यमा यजनलाल शाक्य, सृजना श्रेष्ठ, पुष्पा थापा, रेम बहादुर विक र दिलकुमारी पुर्जा रहेको संस्थाका प्रवन्धक चन्द्र बहादुर थापाले बताए ।

साधारण सभाको उद्घाटन गदैं बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले नगरबासीलाई शुद्ध खानेपानीको आपूर्तिका लागि संस्थाबाट भइरहेका योजनालाई नगरपालिकाबाट निरन्तर सहयोगको प्रतिबद्धता जनाए । उनले मुहान देखी उपभोक्ताको मुखसम्म शुद्ध खानेपानी उपलब्ध गराइरहेको संस्थाले आधुनिक प्रविधिको प्रयोगका लागि गरेको प्रयासले समेत उपभोक्तालाई सहज हुने बताए ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, खानेपानी तथा सरसफाई सब डिभिजन प्रमुख ईश्वरी शर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईली, पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा, उपभोक्ताको तर्फबाट यजनलाल शाक्यले मन्तब्य राखेका थिए । बेनपा २ ज्यामरुककोटको हाँडेभीर, बेनीबजार र गलेश्वरका ९६१ घरधुरीका उपभोक्तालाई खानेपानी सुबिधा प्रदान गरिरहेको संस्थाले गत आर्थिक बर्षमा ६६ लाख खानेपानीको महशुल संकलन गरेको थियो ।

संस्थाका अध्यक्ष सुवास कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा उपाध्यक्ष तुलसीलता श्रेष्ठको स्वागत, कोषाध्यक्ष याम बहादुर शाक्यले आर्थिक र सचिव माधव प्रसाद रेग्मीले प्रगति प्रतिबेद प्रस्तुत गरेका थिए । आयोजनाले यसैबर्ष ६ करोड १५ लाख २७५ रुपैयाँको लागतमा स्तरबृद्धि गरी २४ घण्टा प्रतिसेकेण्ड बिस लिटर खानेपानी आर्पूिर्त गर्ने क्षमता विस्तार गरेपछि खानेपानीमा लोडसेडिङको अन्त्य भएको छ ।

साधारण सभाको अवसरमा मिटर रिडर शौरभ किसानलाई नगद पाँच हजार सहित उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष श्रेष्ठले उपभोक्तालाई नियमित खानेपानीको आपूर्तीका साथै स्मार्ट वाटर टेक्नोलोजी लागु गर्ने तयारी भइरहेको बताए । उनले आधुनिक प्रविधिको प्रयोग गरेपछि उपभोक्ताले घरबाटै महशुल भुक्तानी गर्न सक्ने र खानेपानीको समस्या समेत तक्काल पहिचान गर्न सकिने बताए ।