म्याग्दी बेनी नगरपालिका–२ भकुण्डेका नरप्रसाद सुनारले आफ्नो आँखाको उपचारमा आर्थिक सहयोगको अपिल गरेका छन् । ९ बर्ष अगाडी बमको छर्राले दुई वटा आँखाको ज्योती सहित एउटा हात समेत गुमाएका सुकुम्बासी सुनारले आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित भएको भन्दै सहयोगको याचना गरेका हुन् ।

????????????????????????????????????

वि.स. २०६५ साल चैत ३ गते बागलुङ नगरपालिमा रहेको विश्वकर्मा माविको भवन निर्माणको लागि ढुंगा फुटाउनको लागि राखिएको बारुद (बम)को छर्रा लागेर देब्रे हात र दुबै आँखा गुमाएका सुनारले उपचारको क्रममा चिकित्सकले एउटा आँखाको उपचार सम्भव रहेको बताएपछि उपचारमा सहयोग जुटाउँदै हिडेका छन् ।

ऋण खोजेरै विभिन्न अस्पतालहरुमा पु¥याएर उपचार गरि ज्यान जोगाएपनि आँखा बन्द भएपछि परिवारको सहयोगमा दैनिकी चलाइरहेका सुनारको श्रीमतिको समेत मृत्यु भएपछि बैदेशिक रोजगारमा गएका एक छोरा घर फर्किएर सहयोग गदैं आइरहेको बताए । ‘एउटा हात र आँखा गुमेपछि केही पनि गर्न सक्दैन्, मेरो आँखा बन्द हुदाँ परिवारमा धेरै समस्या भइरहेको छ’ उनले भने ।

गाउँमा सार्वजनिक जग्गामा बस्दै आएका सुनारको काठमाण्डौ स्थित दृष्टी आँखा केन्द्रले सुनारको एउटा आँखाको उपचार सम्भव रहेकाले आर्थिक जुटाएर अस्पतालमा आउन अनुरोध गरेपछि घर फर्किएर सहयोगको अनुरोध गरिरहेका छन् । सुनारको उपचारमा म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले आँखाको जाँचम २५ हजार सहयोग उपलब्ध गराउँदै कोषका उपाध्यक्ष हरिकृष्ण गौतमको संयोजकत्वमा ‘नरप्रसाद बचाउ अभियान’ घोषणा गरिएको छ ।

 

कोषका अध्यक्ष राजेश शाक्यले सुनारको बमको छर्राले गुमेको आँखाको ज्योती फर्काउन तीन चरणमा अप्रेशन गर्नुपर्ने र पहिलो चरणको अप्रेशनको लागि मात्रै रु १ लाख ५० हजार र त्यपछि क्रमीक रुपमा ठुलो आर्थिक खर्च जुटाउनुपर्ने भएकाले सबै क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गरे ।

उनले सानो सहयोगले सुनारको आँखा संगै छोराहरुको रोजगारीको बाटो समेत खुल्ने भएकाले सहयोगको अनुरोध गरेका छन् । उनले अभियानमा ब्यक्तिगत ५ हजार सहयोग गर्नुभएको छ । कार्यक्रममा बोल्दै पिडित सुनारका छोरा जिवन सुनारले नेपालका विभिन्न अस्पतालदेखि भारतको एल.बि. प्रसाद अस्पताल सम्म पु¥याएर उपचार गर्दा ठुलो खर्च लागेको बताए । जेठा छोरा विनोदसिंह रोजगारिको शिलसिलामा मलेसियामा छन् ।