Date: 1965-11-14 Location: Malaj, Myagdi Description: Beni bazar as seen from Malaj trail. Myagdi river is above the Panchayat compound outside of the village center. Kali Gandaki river flowing from lower right to center left where the Myagdi river joins it.

यही पुस २८ गतेदेखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन हुन गैरहेका छैटौ म्याग्दी महोत्समा ५० बर्ष अगाडीको म्याग्दी जिल्लालाई फोटो प्रदर्शनीमा हेर्न पाईने भएको छ । महोत्सवको एक आर्कषक मानिएको फोटो प्रर्दशनीमा बि.श २०२२ सालमा म्याग्दी जिल्लामा अमेरिकी नागरिकले खिचेको तस्वीरहरूलाई समेत प्रर्दशनीमा राखिने फोटो प्रर्दशनी संयोजक एवम् म्याग्दी उद्योग वाणिज्य संघका कार्य समिति सदस्य भोज बहादुर रिजालले बताए ।

1966-04-26 Location: Muna, Myagdi Description: Shaman performing rain dance (the thunder rumbled but it didn’t rain).
Date: 1965-11 Location: Beni, Myagdi Description: Opening of the revenue office. Note the microphone.

‘पुस्ताको दैनिकीलाई फोटो प्रर्दशनी स्टलमा देखाउने प्रयासमा छौ ।यो साझा फोटो प्रर्दशनी भएकाले दुर्लव फोटोहरु भए सम्पर्क गर्नुहोला’रिजालले बेनीअनलाइनसंग भने ।उनले फोटो प्रर्दशनीमा म्याग्दी जिल्लाको पर्यटन, धार्मिक, सांस्कृतिक लगाएतका पक्षहरुलाई प्राथमिकता दिइएको बताए ।उनले फोटो प्रर्दशनीले जिल्लाको पर्यटन प्रर्वधनमा योगदान पुग्ने भएकाले पनि आफुँसंग भएका राम्रो र उत्कृष्ट फोटोहरुको स्रोत खुल्ने गरी प्रर्दशनीमा राखिने बताए ।

Date: 1966 Location: Beni, Myagdi Description: Schoolchildren and police enthralled with Western visitor with horse.

हालसम्म करिव १ सय २० वटा फोटो छनोट भएको बताउँदै रिजालले जसमा प्राचिनकालको बेनीबजार सहित जिल्लाका दुर्गम क्षेत्र र अहिलको अवस्थालाई झल्कने तस्वीरहरु समेत रहेको बताए । महोत्सवमा फोटो प्रर्दशनी र डकुमेन्टी समेत रहेको छ ।महोत्सवमा समेटिन पुराना फोटाहरु सम्भवत यसअगाडीका कुनैपनि फोटो प्रर्दशनीमा नदेखाइएकाले पनि दर्शकको चाप बढ्ने अनुमान गरिएको छ ।

जिल्लाभित्रको सम्रग पक्षलाई समेटेर तयार पारिएको डकुमेन्टी समेत प्रर्दशनी गरिने संघका महासचिव लिलाराम गौतमले बताए । ‘एउटा स्टलमा सिंगो जिल्लालाई समेट्ने प्रयास भइरहेको छ । महोत्सवमा आएका दर्शक एकपटक फोटो प्रर्दशनीमा पुग्ने भएकाले पनि उत्कृष्ट बनाउने प्रयासमा छौ’ उनले भने । पुराना संगै नयाँ तस्वीरहरु समेत प्रर्दशनीमा राखिने छ । फोटो प्रर्दशनी ज्ञान आर्जन गर्ने माध्यम भएकाले पनि सुचना सहित राखिने छ ।

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन पवद्र्धन गरौं’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा छैटौं चरणको म्याग्दी महोत्सवमा अत्याधिक दर्शक भित्राउने गरी आयोजकले तयारीलाई तिब्रता दिएका छन् । महोत्सवस्थलमा १८० ओटा विभिन्न व्यापारिक स्टलहरु रहनेछन् । १० दिनसम्म चल्ने महोत्सवमा १ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकहरुलाई म्याग्दी जिल्लामा भिœयाउने लक्ष्य राखिएको छ भने करिब ६ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।