प्रहरीले बेनीबजारबाट बरामत गरेको लागुऔषध नष्ट गरेको छ ।केहीदिन अगाडी बेनीबजारको संगमचोकमा सफल श्रेष्ठबाट बरामत गरिएको लागुऔषधी प्रहरी, जिल्ला प्रशासन, जिल्ला अदालत लगाएत सरोकारवाला निकायको उपस्थितीमा नष्ट गरेको प्रहरी निरिक्षक सन्तोष रोकाले बताए।

उनका अनुसार डाईजेपाम–३७, फेनोरागन–४५ एम्पुल र नुफ्रिन–४७ बरामत गरिएकोमा विधिविज्ञान प्रयोगशाला काठमाण्डौ, जिल्ला अदालत र अनुसन्धान अधिकृतलाई एक–एक सेट गरी तीनसेट नमुनाका राखी बाँकी नष्ट गरिएको बताए । लागुऔषधको कारोबार भइरहेको गोप्य सुचनाका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो । पक्राउ परेका श्रेष्ठलाई लागु औषध ऐन अन्र्तरगत मुद्धा चलाइएको छ ।