हातमा श्रीमतिको फोटो, झोलामा कपडा लिएर दैनिकजसो बेल बहादुर बुढाथोकी श्रीमतिको खोजीमा निस्कन्छन् । अन्नपूर्ण गाउँपालिका–३ दाना तितरका बुढाथोकीले श्रीमति सम्पर्कविहिन भएपछि राम्रोसंग पेटभरी खाना समेत खाएका छैनन् । श्रीमतिको खोजीको अनुरोध गदैं बेनीअनलाइनको कार्यालयमा आएका बुढाथोकीले श्रीमति बलदेवी बुढाथोकीको खोजीकार्यमा गरेको प्रयास असफल भएको बताए ।

मंसिर १० गते निर्वाचनमा भोट हाल्न घरबाट निस्किएकी श्रीमति बल देवी बुढाथोकीको दाना देखी बेनी, आफन्तका साथै धौलागिरि गाउँपालिकाको मुनासम्म पुगेर खोजीकार्य गरेपनि फेला नपरेपछि प्रहरीमा खोजीकार्यका लागि निवेदन समेत दिएका छन् । ‘मेरो श्रीमति सम्पर्कविहिन भईन्, उनको खोजीकार्यमा मेरो सबै प्रयास सफल भएनन्’ बुढाथोकीले भने ।

 

 

 

 

 

 

निर्वाचनको दिनमा निस्किएकी बलदेवी त्यसदिन देखी सम्पर्कविहिन भएको बताउँदै खोजीकार्यमा सहयोग गर्न अनुरोध गरेको बताए । ‘जहाँ भएपनि सम्पर्कमा आउन अनुरोध गर्छु, मलाई उनको अझै साथ आवश्यकता छ’ बुढाथोकीले भने । घरायसी समस्याका कारण उनले गुनासो गर्ने गरेपनि आफुँले श्रीमतिलाई पाल्न सक्ने बताए । बेपत्ता बलदेवीको मोवाईलमा समेत सम्पर्क नभएपछि कुनै समस्यामा परेको उनको दावी छ । बैदेशिक रोजगारमा गएर फर्किएका बेल बहादुरले श्रीमतिले गलत निर्णय गरेर बेपत्ता नभएको दावी गदैं आफुँलाई जस्तो समस्या परेपनि साहरा बन्ने श्रीमति सम्पर्कविहिन भएपछि चिन्तामा डुवेको बताए ।