१. महिनावारीको समयमा शरिर कमजोर हुने गर्दछ
यो कुरामा केहि पनि सत्यता छैन । तपाईंको शरिर रगतको कमीले कमजोर हुँदैन । यो सत्य हो कि महिनावारीको दौरान तपाईंको शरिरमा १५० मि.लि. रगतको कमी हुने गर्दछ जुन मात्र ४-५ चम्चा हुने गर्दछ ।

२. महिनावारी रगत फोहोर हुने गर्दछ
महिला मित्रहरु, महिनावारी भएको बेलामा श्राव हुने रगत नियमित रुपमा बग्ने रगत समान नै हुने गर्दछ । यसमा दुर्गन्ध पटक्कै हुँदैन र शरिरको रगतभन्दा असामान्य पनि हुँदैन ।

३. सेक्ससँग बच्नुहोस्
यदि तपाईं महिनावारीको दौरान सेक्स गर्दा असहज महसुस गर्नुहुन्छ भने यसबाट बच्दा नै राम्रो हुन्छ तर यदि तपाईं र तपाईंको पार्टनर यसमा सहज महसुस गर्नुहुन्छ भने भने महिनावारी भएको समयमा सेक्सबाट बच्नै पर्छ भने छैन । सम्भोग गर्दा पाइने सन्तुष्टिले महिनावारीमा हुने पिडालाई कम गर्दछ ।

४. व्यायाम गर्नु हुँदैन
यो बेकारको भ्रम मात्र हो । महिनावारी भएको समयमा पनि तपाईं व्यायाम गर्न सक्नुहुन्छ । तर यदि तपाईं योग गर्नुहुन्छ भने स्ट्रेचिङ र गहिरो सास लिने आसन नगर्नुहोला । तपाईं स्विमिङ पनि गर्नसक्नुहुन्छ ।

५. मासिक धर्मको पिडा
यो महिलाहरुलाई हुने सबैभन्दा ठूलो समस्या हो । पहिलो दिनको गम्भीर पिडालाई सामान्य मानिन्छ र यसलाई तपाईं चकलेट खाएर पनि कम गर्न सक्नुहुन्छ । विश्वास गर्नुहोस्, यसले साँच्चै नै काम गर्दछ । तर यदि तपाईंलाई अरु दिनमा पनि पिडा हुने गर्दछ भने तपाईं स्त्री रोग विशेषज्ञको भेट्न पक्कै जानुहोस् ।

६. गर्भवती हुनसक्नुहुन्छ
यो एउटा भ्रम हो । महिनावारीले तपाईंको प्रजनन प्रणालीलाई रोक्दैन । महिनावारी भएको बेलामा सम्भोग गर्नाले तपाईं गर्भवती हुनसक्नुहुन्छ । अनावश्यक गर्भलाई रोक्नका लागि कण्डम वा गर्भनिरोधक औषधी खानु नै उपयुक्त मानिन्छ ।

७ . मन लागेको जे पनि खान सक्नुहुन्छ

महिनावारी भएको समयमा केहि पनि खान नछोड्नुहोस् । तपाईंलाई मन लागेको जे पनि खान सक्नुहुन्छ । महिनावारी भएको पाँच दिनका लागि विशेष डाइट चार्ट अनुसार खान आवश्यक छैन ।