म्याग्दीका क्यान्सर पिडितलाई सहयोग जुटाउन बृत्तचित्र प्रर्दशन हुने

0

मंगला गाउँपालिका–१ कुहुँका क्यान्सर पीडित दुर्गा बहादुर लामगादेको उपचारमा आर्थिक सहयोग जुटाउन काठमाण्डौमा बृत्तचित्र प्रर्दशन गरिने भएको छ । आर्थिक अवस्था कमजोर रहेका लामगादेको उपचारमा आर्थिक अभाव भएपछि कुहुँ स्थायी घर भएका माओवादी केन्द्रका यूवा नेता पुस्कर विकको निर्देशनमा बनेको ‘बर्जित मान्छेहरू’ बादी समुदाय सम्बन्धि बृत्तचित्र देखाइने मंगला गाउँपालिका–२ बावियाचौका पुनम खड्काले बताए ।

‘बादी समुदायमा आधारित बृत्तचित्रले उहाँको उपचारमा सहयोग जुटाइने छ । यो अभियानमा काठमाण्डौमा हुने म्याग्देलीलाई सहभागि हुन अनुरोध गर्दछौ’ खड्काले भने । आगामी पुष २९ गते मिलाप नेपालको आयोजनामा दियालो पार्टी प्यालेस बशुन्धरामा देखाईने बृत्तचित्र सहित सहयोग संकलन अभियानका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहनेछ ।

कार्यक्रममा काठमाण्डौमा रहेका म्याग्देली आवद्ध संघसंस्थालाई समेत जानकारी गराइएको छ । बृत्तचित्रको निर्देशक विक साहित्यकारका साथै विगतमा समेत आर्थिक अवस्था कमजोर भएकाको उपचारमा आर्थिक सहयोग जुटाउने गरेका थिए ।