यही पुसको अन्तिम सातादेखि सञ्चालन हुन गैरहेको छैटौं म्याग्दी महोत्सवको तयारी तीव्र पारिएको छ । छैटौं म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेला–२०७४ का लागि तयारीलाई अन्तिम चरणमा पु¥याइएको हो ।

म्याग्दी सदरमुकाम बेनीबजारस्थित खुल्लामञ्चमा सञ्चालन हुन लागिरहेको महोत्सवको लगभग सबै किसिमका तयारीहरुलाई अन्तिम चरणमा पुगेको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित महोत्सव आउँदो माघ महिनाको पहिलो सातासम्म चल्ने छ ।

कुल १० दिनसम्म चल्ने महोत्सवमा जिल्लाको ग्रामीण भेगमा उत्पादन हुँदै आएको कृषिजन्य उपजहरुको बिक्री, वितरण तथा प्रदर्शनी हुने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक समितिका मूल संयोजक उत्तमकुमार कर्माचार्यले बताए । उनका अनुसार महोत्सवमा खासगरी कृषि, पर्यटन र जलविद्युतलाई जोड दिइने भएको छ । महोत्सव उद्घाटनका लागि पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बेनी आउने भएका छन् ।

महोत्सवको उद्घाटनसत्रमा २५० जना अतिथिहरु हुने जनाइएको छ । हालसम्म महोत्सवको ८५ प्रतिशत तयारी सकिएको छ । सबै तयारीलाई तिब्रताका साथ अगाडि बढाइएको छ भने अन्तिम चरणमा पु¥याइएको अध्यक्ष कर्माचार्यले जानकारी दिए । महोत्सव अवधिभर कुल ६ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवको आर्थिक सहयोग, प्रचारप्रसार, स्टल, खेलकुद प्रतियोगिता, टिकट बिक्री, मञ्च व्यवस्थापन, ऐतिहासिक फोटो प्रर्दशनी, बजार सज्जालगायत महोत्सवमा आवश्यक तयारी तीव्र गतिमा अगाडि बढेका छन् ।

मूल समिति अन्तर्गत विभिन्न ३९ वटा उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको बताइएको छ ।
कृषि, पर्यटन र जडिबुटीको प्रचुर सम्भावना रहेको म्याग्दीमा महोत्सवमार्फत बजारीकरण र लगानीको वातावरण बनाउन सहज हुने म्याग्दी उद्योग वाणिज्य संघको भनाई छ । जिल्लाको अति दुर्गम गूर्जामा रहेको चिप्लो तथा रुमको स्लेट ढुङ्गा, राखुको खरी, अल्लो पुवा र यसबाट उत्पादित सामाग्री महोत्सवमा प्रदर्शन गरिने भएको छ ।

कालीगण्डकी नदीमा जलेश्वरदेखि म्याग्दीकालीको दोभानसम्म ¥याफ्टिङ सञ्चालन गरिने छ । महोत्सवस्थलमा जम्मा १८० ओटा विभिन्न व्यापारिक स्टलहरु रहने छन् । करिब १ करोड आर्थिक सहयोग जुट्ने लक्ष्य राखिएको महोत्सवमा १ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकहरुलाई म्याग्दी जिल्लामा भिœयाउने लक्ष्य राखिएको छ । महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु तथा सेवाहरुको स्टल प्रर्दशनी, नगर एवं गाउँपालिकास्तरीय महिला र पुरुष भलिबल, बास्केटबल, लोकनृत्यलगायत प्रतियोगिता रहेका छन् ।

जिल्लास्थित विभिन्न जातजातिहरुको झाँकी एवं भेषभूषा प्रर्दशनी गरिने भएको छ । त्यस्तै लोकदोहोरीगीत प्रतियोगिता, लाइभ दोहोरी कार्यक्रम, बालउद्यान, चिडियाघर, रमाइलो मेला, स्थानीय र राष्ट्रियस्तरका कलाकारहरुबाट साङ्गीतिक एवं सांस्कृतिक र प्रहशन प्रस्तुत, परम्परागत स्थानीय कला र संस्कृतिको प्रदर्शन र प्रस्तुतीलगायत रहेको छ । महोत्सवमा आउने आन्तरिक पर्यटकलाई बेनी नगरपालिकासहित जिल्लाका पाँचवटा गाउँपालिकाभित्रका पर्यटकीयस्थलहरुसम्म पुग्ने आवश्यक सहयोग गरिने संघले जनाएको छ । यसैबीच सहुलियत दरमा घोडामार्फत पर्यटकीयस्थल लभ्लीहिलबाट महोत्सवसहित विभिन्न स्थानको अवलोकन गर्ने व्यवस्था समेत मिलाइने भएको छ ।